प्रविधि

‘उपत्यकामा ‘मनो रेल’ सञ्चालनसम्बन्धी प्रारम्भिक प्रतिवेदन पेश

Wednesday July 19, 2017

काठमाडौँ महानगरपालिकालाई साइमिक्स इङ्क प्रालिका प्रतिनिधिले ‘मनो रेल’ सञ्चालनसम्बन्धी प्रारम्भिक प्रतिवेदन बुझाएका छन् । कम्पनीका अध्यक्ष प्रसिद्धबहादुर पाण्डेले कामपाका प्रमुख विद्यासुन्दर शाक्यलाई सो प्रतिवेदन बुझाउनु भएको हो । प्रतिवेदन बुझ्दै प्रमुख शाक्यले ललितपुर महानगरपालिका र काठमाडौँका छिमेकी नगरसँग समन्वय गरेर उपयुक्त प्रस्तावका विषयमा थप काम गरिने जानकारी गराउनुभयो । कम्पनीका…

प्रविधि

यति बैंकले उपत्यकाका नौ स्थानमा जेब्रा क्रसिङ मर्मत गरिदिने

Monday June 5, 2017

यति डेभलपमेन्ट बैंक लिमिटेडले उपत्यकाका नौ स्थानमा जेब्रा क्रसिङ मर्मत गरिदिने भएको छ । ट्राफिक प्रहरी कार्यालय, दरबारमार्गको विशेष समन्वयमा यति डेभलपमेन्ट बैंकले दरबारमार्ग र त्यस वरपरका नौ स्थानमा जेब्रा क्रसिङ मर्मत गर्न लागेको हो । ट्राफिक प्रहरी कार्यालय, दरबारमार्गमा भएको कार्यक्रममा बैंकका कामु कार्यकारी अधिकृत दिपेश लम्साल र महानगरीय…

प्रविधि

गोसाइँकुण्ड केबुलकार निर्माण प्राथमिकता, आठार किमी लामो बन्ने

Monday May 29, 2017

स्थानीय तहको निर्वाचन पछि बहुचर्चित धुन्चे–गोसाइँकुण्ड केबुलकार निर्माणमा प्राथमिकता दिइने भएको छ । गोसाइँकुण्ड गाउँपालिका अध्यक्ष कैसाङ नुर्पु तामाङका अनुसार हिन्दू तथा बौद्ध मार्गीको आस्थाको धरोहरको रूपमा रहेका पवित तीर्थ गोसाइँकुण्ड पुग्नका लागि लौरी विनायकको उकालो उक्लिन गाह्रो भएका कारण केबुलकारको अवधारणा अघि बढाइएको हो । अठार किमी दूरीको केबुलकार…

प्रविधि

चीनमा मन्त्री लेखक सीमासम्म सडक र रेल सञ्जालले जोड्न चीनसमक्ष प्रस्ताव

Tuesday May 16, 2017

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले सडक र रेल सञ्जालले नेपालको सीमासम्म जोड्न चीनका यातायात मन्त्रीसमक्ष प्रस्ताव गर्नुभएको छ । चीन भ्रमणमा रहनुभएका मन्त्री लेखकले चीनका यातायात मन्त्री लि जियाओ पेङसँगको भेटवार्तामा यस्तो प्रस्ताव राख्नुभएको हो । भेटका अवसरमा चिनियाँ मन्त्री पेङले ओबिओआर ९वन बेल्ट वन रोड० मा हस्ताक्षरपछि नेपालको…

प्रविधि

पहिलोपटक ब्रेन डेथ भएका व्यक्तिको मृगौला अन्य दुई व्यक्तिलाई प्रत्यारोपण

Monday May 15, 2017

नेपालमा चिकित्साविज्ञानको क्षेत्रमा पहिलो पटक मस्तिष्क मृत्यु भएका व्यक्तिको अङ्ग झिकी अर्को व्यक्तिमा प्रत्यारोपण गरिएको छ । भक्तपुरस्थित मानव अङ्ग प्रत्यारोपण केन्द्रले गत बिहीबार जिप दुर्घटनामा परी मस्तिष्क मृत्यु भएका सिन्धुलीका ३० वर्षीय गोविन्द भुजेलका दुई मिर्गौला दुई व्यक्तिमा प्रत्यारोपण गरिएको केन्द्रले जनाएको छ । केन्द्रले दिएको जानकारी अनुसार मिर्गौला…

प्रविधि

पहिलोपटक जापानी प्रविधिमा प्रदूषणरहित इँटा उत्पादन सुरु

Wednesday May 10, 2017

भक्तपुरको चाँगुनारायण नगरपालिका बागेश्वरीमा जापानी प्रविधिमा नेपालमै पहिलोपटक प्रदूषणरहित इँटा उत्पादन सुरु भएको छ । नेपालका लागि जापानी राजदूत मासासी ओगावाले इँटा उत्पादन गर्ने उद्योग ‘सुपर इको ब्रिक इनोभेसन’को उद्घाटन गर्नुभयो । कार्यक्रममा राजदूत ओगावाले नेपालमा पहिलोपटक पोल्न नपर्ने इँटा उत्पादन सुरु गरेको बताउँदै यसले वातावरण प्रदूषण नहुने र वातावरण…