-  MNTV Australia   December 6, 2018  

अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाका ड्राईभरले लगाए यस्तो आरोप (with Video)

अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाका ड्राईभर वाङछु शेर्पाले पैसा तिरेर दूतावासमा काम पाएको पाएको दावी गरेका छन् । निजी सहयोगीका रुपमा राजदूत शेर्पासँगै करिब १८ महिना पहिले सन् २०१७ को जुनमा अष्ट्रेलियाका आएका वाङ्छु शेर्पा यतिबेला शरणार्थी भिसाका लागि ब्रिजिङामा छन् । आफुलाई कम तलब दिएको, काम गर्ने वातावरण नभएको र असुरक्षा भएको दावी गर्दै यहाँको सरकारी निकायमा निवेदन दिएका वाङ्छुलाई नेपाली राजदूत लक्की शेर्पाले भने चोरीको आरोप लगाएकी थिइन् । दूतावासको स्म्पर्क बाहिर गएपछि नेपाली परराष्ट्र मन्त्रालयलाई पत्र लेख्दै घटनाको जानकारी पहिले नै गराएको पत्रहरुबाट देखिएको छ । वाङ्छु शेर्पाले अष्ट्रेलिया आउनुअघि ३३ लाख दिएको र यहाँ आइसकेपछि थप ६४ लाख दिनुपर्ने भनी कागज गराइएको दावी गरेका छन् । यद्यपि यस्तो तमसुकमा निज वाङ्छुको मात्रै हस्ताक्षर देखिन्छ । पूरै अन्तर्वार्ता यहाँ हेर्न सकिनेछ –

Wangchhu Sherpa – Former Staff Nepal Embassy – Canberra

अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाको सहयोगीको रुपमा कार्यरत वाङ्छु शेर्पाले राजदूतमाथि मानव तस्करीजस्तो कार्यमा संलग्न रहेको भन्दै आरोप लगाएपछि हामीले वाङ्छु शेर्पासँग घटनाक्रमको विषयमा कुराकानी गरेका छौं । सिड्नीको एक (निजकै आग्रहमा गोप्य राखिएको) स्थानमा उनीसँग गरिएको यो अन्तर्वार्ता हामी तपाईंहरु सामू प्रस्तुत गर्दैछौं(Watch this Interview on MNTV APP)Download – MNTV Australia App for your Phone. Search "MNTV AUSTRALIA NITV"

Posted by My Nepal TV (MNTV)- Australia on Wednesday, December 5, 2018

 

Youtube Link

(Visited 1,483 times, 1 visits today)

सम्बन्धित समाचारहरू

जन्ती बनेर आदित्यनाथ जनकपुर आउँदै
कार्यदल गठन गर्दै अन्तर प्रदेश परिषद् बैठक सकियो
अन्तर प्रदेश बैठकमा मुख्यमन्त्रीहरुको ब्रिफिङ
डाक्टरहरु नै यति धेरै फेल भएपछि…
निर्मलालाई न्याय माग्दै अष्ट्रेलियाको ब्रिसबेनमा दीप प्रज्वलन गरिँदै
महिलाविरुद्धको हिंसाको विरोधमा १६ दिने सचेतना अभियान चलाउँदै दिदीबहिनी समाज भिक्टोरिया
मिस वर्ल्ड –२०१८ को टप १२ सम्म पुगिन श्रृंखला, दुई उपाधि हातमा
नेकपाका ४ वरिष्ठ नेताले बहिस्कार गरे सचिवालय बैठक
योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा १९४ सूचीकृत
शनिबारदेखि ईपीएल क्रिकेट कीर्तिपुर मैदानमा
English