-  MNTV Australia   December 6, 2018  

सत्तारुढका प्रवासी संगठनहरुबाट वैज्ञानिक अनुसन्धान गर्न नेपाल सरकारसँग माग

सत्ताको नेतृत्व गरिरहेको नेपाल कम्युनिष्ट पार्टीका प्रवासी संगठनले अष्ट्रेलियामा राजदूत लक्की शेर्पाका विषयमापछिल्लो समय सार्वजनिक भइरहेका विषयको वैज्ञानिक छानविन गर्न माग गरेका छन् । एकता प्रक्रियामा रहेपनि टुंगो नलागीसकेका संगठनहरु प्रवासी नेपाली मञ्च अष्ट्रेलियाका अध्यक्ष रमेश पाण्डे र जनप्रगतिशील मञ्च अष्ट्रेलियाका अध्यक्ष माण्डवराज कार्कीले विज्ञप्ति जारी गर्दै यस्तो माग गरेका हुन् । उनीहरुको विज्ञप्तिमा यस्तो लेखिएको छ – 
“नेपाल सरकारद्वारा अष्ट्रेलियाका लािग नियुक्त नेपालका राजदूत लक्की शेर्पाका विषयमा नेपाल र अष्ट्रेलियाका सञ्चार माध्यम, सामाजिक सञ्जाल र सार्वजनिक स्थल तथा सामूदायिक कार्यक्रममा समेत विवादास्पद कुराहरु सार्वजनिक भइरहेको विषयप्रति हाम्रो संगठनको गम्भीर ध्यानाकर्षण भएको छ ।
नेपाल राष्ट्र र यहाँ रहेको नेपालीको प्रतिष्ठालाई ध्यानमा राखी नेपाल सरकारलाई यस गम्भीर र विवादास्पद विषयमा निष्पक्ष र वैज्ञानिक अनुसन्धान गरी सत्यतथ्य पत्ता लगाई दोषीलाई कानून बमोजिम कारवाही गर्न हार्दिक अनुरोध गर्दछौं ।”

(Visited 1,194 times, 1 visits today)

सम्बन्धित समाचारहरू

जन्ती बनेर आदित्यनाथ जनकपुर आउँदै
कार्यदल गठन गर्दै अन्तर प्रदेश परिषद् बैठक सकियो
अन्तर प्रदेश बैठकमा मुख्यमन्त्रीहरुको ब्रिफिङ
डाक्टरहरु नै यति धेरै फेल भएपछि…
निर्मलालाई न्याय माग्दै अष्ट्रेलियाको ब्रिसबेनमा दीप प्रज्वलन गरिँदै
महिलाविरुद्धको हिंसाको विरोधमा १६ दिने सचेतना अभियान चलाउँदै दिदीबहिनी समाज भिक्टोरिया
मिस वर्ल्ड –२०१८ को टप १२ सम्म पुगिन श्रृंखला, दुई उपाधि हातमा
नेकपाका ४ वरिष्ठ नेताले बहिस्कार गरे सचिवालय बैठक
योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा १९४ सूचीकृत
शनिबारदेखि ईपीएल क्रिकेट कीर्तिपुर मैदानमा
English