-  MNTV Australia   December 6, 2018  

राजदूतलाई लगाइएको आरोपबारे निष्पक्ष छानविन गर्न नेपाली काँग्रेसबाट माग

आफ्नै सहयोगीले गम्भीर आरोप लगाएपछि चर्चित बनेको अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पा प्रकरणमा नेपाली काँग्रेसले छानविनको माग गरेको छ । काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले एक विज्ञप्ति प्रकाशित गर्दै दूतावासका पूर्वकर्मचारी वांग्छु शेर्पाले ‘मानव तस्करीमा संलग्न’ भनी लगाएको आरोपलाई गम्भीर रुपमा लिएको जनाएको हो । 

प्रवक्ता शर्माले हस्ताक्षर गरेको प्रेस नोटमा तत्कालै आवश्यक छानविन गर्न, छानविनका लागि परराष्ट्र मन्त्रालयमा उपस्थित गराउन र दोषी ठहरिए बर्खास्त गर्ने कदम चाल्न समेत ध्यानाकर्षण गराएको हो । काँग्रेसले विज्ञप्तिमा कुनैपनि देशमा प्रतिनिधित्व गर्ने राजदूत व्यक्तिगत जागिर नभई सिंगो राष्ट्र र राष्ट्रकै छविको प्रतिनिधित्व गर्ने गरिमामय पद भएको बताउँदै राजदूतको बारमो उठेका प्रश्नको तत्कालै सम्बोधन गर्नु सरकारको कर्तव्य हुने पनि उल्लेख गरिएको छ ।

जनसम्पर्क समितिले पनि गरे माग

यसअघि अष्ट्रेलियामा रहेका जनसम्पर्क समितिहरुले पनि राजदूत शेर्पामाथि लगाइएको आरोपको सत्यतथ्य छानविन गर्न माग गरेका थिए ।

जनसम्पर्क समिति अष्ट्रेलिया मेलबर्नका अध्यक्ष सुरेश पोखरेलले एक आह्वान गर्दै यस किसिमको गम्भीर आरोप लागिसकेपछि स्वयं राजदूतले छानविनलाई सहयोग गर्नुपर्ने बताएका थिए । जनसम्पर्क समिति मेलबर्नले माग गरेको छ, “राजदुताबासका पूर्व कर्मचारीले अस्ट्रेलियाका लागि नेपाली राजदूत र उनका परिवारलाई जघन्य मानव ओसार पसार अपराधमा संलग्न रहेको आरोप लगायको सन्दर्भमा नेपाली जनसम्पर्क समिती अष्ट्रेलियाको गम्भीर ध्यानाकर्षण भएको छ। यसवाट नेपाली अष्ट्रेलिया स्थित नेपाली जनसमुदायमा असहज महसुस भयको र नेपाली समुदायको इज्जत र नेपाल राष्ट्रकै प्रतिष्ठासँग जोडीएको हुँदा सम्बन्धीत सबै निकाय र नेपाल सरकारलाई सत्य तथ्य छानबिन मार्फत तत्काल बाहिर ल्याउन नेपाली जनसंपर्क समिती अष्ट्रेलिया माग गर्दछौ ।”  एमएनटीभीसँग कुरा गर्दै पोखरेलले राजदूतावासमार्फत र सिधै परराष्ट्र मन्त्रालयमा समेत ज्ञापन पत्र बुझाउने तयारी गरिएको बताए ।

यसैबीच, सिड्नीमा रहेको जनसम्पर्क समितिका कार्यवाहक अध्यक्ष छिरिंग शेर्पाले पनि एक विज्ञप्ति जारी गर्दै आरोप गम्भीर भएकोले तत्कालै छानविन गर्नुपर्ने माग गरेको छ ।

(Visited 1,117 times, 1 visits today)

सम्बन्धित समाचारहरू

जन्ती बनेर आदित्यनाथ जनकपुर आउँदै
कार्यदल गठन गर्दै अन्तर प्रदेश परिषद् बैठक सकियो
अन्तर प्रदेश बैठकमा मुख्यमन्त्रीहरुको ब्रिफिङ
डाक्टरहरु नै यति धेरै फेल भएपछि…
निर्मलालाई न्याय माग्दै अष्ट्रेलियाको ब्रिसबेनमा दीप प्रज्वलन गरिँदै
महिलाविरुद्धको हिंसाको विरोधमा १६ दिने सचेतना अभियान चलाउँदै दिदीबहिनी समाज भिक्टोरिया
मिस वर्ल्ड –२०१८ को टप १२ सम्म पुगिन श्रृंखला, दुई उपाधि हातमा
नेकपाका ४ वरिष्ठ नेताले बहिस्कार गरे सचिवालय बैठक
योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा १९४ सूचीकृत
शनिबारदेखि ईपीएल क्रिकेट कीर्तिपुर मैदानमा
English