-  Gopal Tiwari   December 5, 2018  

राजदूत खाली देशले मंसिर अन्तिमतिरमात्रै पाउने

लामो समयदेखि राजदूत खाली भएका मुलुकका लागि केही हप्ता अघि नै प्रस्ताव भए पनि मंसिर अन्तिमतिर मात्र राजदूत पाउने भएका छन् । राजदूत नियुक्ति क्रममा हुने संसदीय सुनुवाइ समितिको बैठक मंसिर २३ गतेमात्रै बस्ने भएको छ । सोही बैठकमा प्रस्तावित भारतसहित चार देशका लागि प्रस्तावित राजदूतको सुनुवाइ २३ गतेबाट हुने भएको छ ।


बुधबार बसेको संसदीय सुनुवाइ विशेष समिति बैठकले प्रस्तावित राजदूतहरुमाथि सुनुवाइका लागि २३ गते आइतबारका लागि बोलाएको हो । यसअघि मंसिर २१ गते उजुरीकर्तालाई समितिमा बोलाइएको छ ।
सरकारले प्रस्तावित गरेका राजदूतहरुमाथि कुनै गुनासा भए उजुरीका लागि संसदीय समितिले आह्वान गरेको थियो । जसमा एकमात्र उजुरी परेको छ । यसअघि सरकारले भारतका लागि राजदूतमा निलाम्बर आचार्य, मलेसियाका लागि उदयराप पाण्डे, यूएईका लागि कृष्ण ढकाल र इजरायलका लागि अन्जान शाक्यको नाम सिफारिस गरेको थियो ।
एकमात्र उजुरीकर्तामा सतीशराज मैनाली छन् । मैनालीद्वारा गरिएको उजुरीमा कुनै ब्यक्तिमाथि आक्षेप नलगाई नियु्क्तिको समग्र विषयमा केन्द्रित रहेको समिति सभापति लक्ष्मणलाल कर्णले जनाए । राजदूत नियुक्तिका लागि सुझावका रुपमा एकमात्र उजुरी प्राप्त भएको र त्यसमा विगत÷वर्तमानको अवस्था केलाइएको कर्णले बताए ।
उक्त बुधबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले अनुभवी राजदूतसँग छलफल गर्ने निर्णय गरेको छ । राजदुत नियुक्तिका समग्र सन्दर्भमा अनुभवी राजदूतसँग छलफल गर्ने निर्णय गरिएको कर्णले जनाए । उनका अनुसार उक्त बैठकमा राजदूत नियुक्तिका आधार के कस्ता हुन सक्छन् र यसलाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने विषयमा अभुवभी राजदूतहरुसँग छलफल गर्न लागिएको हो ।

(Visited 400 times, 1 visits today)

सम्बन्धित समाचारहरू

जन्ती बनेर आदित्यनाथ जनकपुर आउँदै
कार्यदल गठन गर्दै अन्तर प्रदेश परिषद् बैठक सकियो
अन्तर प्रदेश बैठकमा मुख्यमन्त्रीहरुको ब्रिफिङ
डाक्टरहरु नै यति धेरै फेल भएपछि…
निर्मलालाई न्याय माग्दै अष्ट्रेलियाको ब्रिसबेनमा दीप प्रज्वलन गरिँदै
महिलाविरुद्धको हिंसाको विरोधमा १६ दिने सचेतना अभियान चलाउँदै दिदीबहिनी समाज भिक्टोरिया
मिस वर्ल्ड –२०१८ को टप १२ सम्म पुगिन श्रृंखला, दुई उपाधि हातमा
नेकपाका ४ वरिष्ठ नेताले बहिस्कार गरे सचिवालय बैठक
योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा १९४ सूचीकृत
शनिबारदेखि ईपीएल क्रिकेट कीर्तिपुर मैदानमा
English