-  Gopal Tiwari   December 5, 2018  

प्रधानमन्त्री ओलीविरुद्ध काठमाडौं प्रहरीमा जाहेरी

मुलुकका कार्यकारी प्रधानमन्त्रीविरुद्ध धर्म परिवर्तनको उद्योग कसुरअन्तर्गत कारबाहीको माग गर्दै एक जना वकिलले काठमाडौं प्रहरी परिसरमा जाहेरी दिएका छन् ।
अघिल्लो साता काठमाडौंमा भएको एसिया प्यासिफिक सम्मेलनमा नेपालीलाई क्रिस्चियन धर्ममा आकर्षित पार्ने किसिमको गतिविधि मुलुककै प्रधानमन्त्रीजस्तो गरिमामय पदमा रहेको व्यक्तिबाट भएको भन्दै अधिवक्ता भुपेन्द्रप्रसाद पोखरेलले केपी शर्मा ओलीविरुद्ध प्रहरीमा जाहेरी दरखास्त दिएका हुन् ।


अधिवक्त पोखरेलले प्रधानमन्त्री ओलीसहित आयोजक युनिभर्सल पिस फेडेरेसनका अध्यक्ष एकनाथ ढकालविरुद्ध पनि जाहेरी दिएका हुन्् । तर, काठमाडौं प्रहरी परिसर टेकुले उनको जाहेरी लिन मानेन ।
‘मुलुकमा लोकतन्त्र र सुशासनको नेतृत्व गरेको भन्दै पुरस्कार र तक्मा दिने, अन्तर्राष्ट्रिय क्षेत्रमा शान्ति कायमका लागि कार्यक्रम गर्ने गराउने भन्दै आयोजक बनेर प्रधानमन्त्रीको उपस्थितिमा ५ दिनसम्म काठमाडौंको महँगो होटलमा क्रिस्चिय सम्मेलन गरेर जनतालाई त्यसप्रति आकर्षित एवं आस्था राख्न बाध्य पार्न प्रयास भयो,’ जाहेरीमा भनिएको छ, ‘नेपालका उच्च पदाधिकारी, उच्च ओहोदाका कर्मचारी राष्ट्रसेवक एवं मेयर, उपमेयरलाई बोलाएर क्रिस्चियन गुरुआमाबाट आर्शीवाद लिने लगाइयो ।’
अपराध (संहिता) ऐन ०७४ को दफा १५८ को १, २ विपरीत धर्म परिवर्तन गराउन नहुने काममा सरिक भएर मतियार भई विवादित संस्थाको अवार्ड, तक्मा लिने कार्य संविधानको धारा २७७ विपरीत भएको पोखरेको जाहेरीमा भनिएको छ ।

(Visited 82 times, 1 visits today)

सम्बन्धित समाचारहरू

जन्ती बनेर आदित्यनाथ जनकपुर आउँदै
कार्यदल गठन गर्दै अन्तर प्रदेश परिषद् बैठक सकियो
अन्तर प्रदेश बैठकमा मुख्यमन्त्रीहरुको ब्रिफिङ
डाक्टरहरु नै यति धेरै फेल भएपछि…
निर्मलालाई न्याय माग्दै अष्ट्रेलियाको ब्रिसबेनमा दीप प्रज्वलन गरिँदै
महिलाविरुद्धको हिंसाको विरोधमा १६ दिने सचेतना अभियान चलाउँदै दिदीबहिनी समाज भिक्टोरिया
मिस वर्ल्ड –२०१८ को टप १२ सम्म पुगिन श्रृंखला, दुई उपाधि हातमा
नेकपाका ४ वरिष्ठ नेताले बहिस्कार गरे सचिवालय बैठक
योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा १९४ सूचीकृत
शनिबारदेखि ईपीएल क्रिकेट कीर्तिपुर मैदानमा
English