-  Gopal Tiwari   December 5, 2018  

रक्षक नै भक्षक भएपछि….

झूटो आश्वासन दिँदै नेताले गरे पटकपटक बलात्कार

 

नेता, प्रशासक, कर्मचारी खासमा जनताका रक्षक हुन् । यिनैलाई विश्वास मानेर सर्वसाधारण विभिन्न अवस्थामा उनीहरुको शरणमा पुग्छन् । दुर्भाग्य यिनैले बदमासी गर्दा कसको के लाग्छ ।
यस्तै भयो, सप्तरीवासी एक पीडित महिलालाई । केही समयदेखि ती महिलाका पति कारागारमा जेल सजाय भोगिरहेका थिए । तर यही बेला एक जिल्लास्तरीय नेता उनबाट नाजायज फाइदा लिन पछि परेन ।
ती पीडित महिलाका श्रीमानलाई कारागारबाट छुटाउँछु भन्दै लाखौँ रुपैयाँ ठगी लियो र सँग उनको इज्जतसमेत लुट्यो । यो हर्कत गर्ने नेता राजपा नेपाल सप्तरी जिल्ला कोषाध्यक्ष छिन्नमस्ता–५ लोखरमका मनोजकुमार मेहता । पीडित महिलाको जाहेरीका आधारमा मेहता अहिले प्रहरीले बलात्कार आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रहरीका अनुसार आइतबार पक्राउ परेका मेहताविरुद्ध बलात्कार तथा ठगी मुद्दा दर्ता गरी कारबाही प्रक्रिया अघि बढाएको छ ।
राजविराज कारागारमा थुनामा रहेका पीडितका श्रीमानलाई छुटाउने झूटो आश्वासन दिँदै अभियुक्त मेहताले पटकपटक गरी साढे दश लाख रुपैयाँ लिनुका साथै बलात्कारसमेत गरेको पीडितको जाहेरीमा भनिएको छ ।

(Visited 55 times, 1 visits today)

सम्बन्धित समाचारहरू

जन्ती बनेर आदित्यनाथ जनकपुर आउँदै
कार्यदल गठन गर्दै अन्तर प्रदेश परिषद् बैठक सकियो
अन्तर प्रदेश बैठकमा मुख्यमन्त्रीहरुको ब्रिफिङ
डाक्टरहरु नै यति धेरै फेल भएपछि…
निर्मलालाई न्याय माग्दै अष्ट्रेलियाको ब्रिसबेनमा दीप प्रज्वलन गरिँदै
महिलाविरुद्धको हिंसाको विरोधमा १६ दिने सचेतना अभियान चलाउँदै दिदीबहिनी समाज भिक्टोरिया
मिस वर्ल्ड –२०१८ को टप १२ सम्म पुगिन श्रृंखला, दुई उपाधि हातमा
नेकपाका ४ वरिष्ठ नेताले बहिस्कार गरे सचिवालय बैठक
योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा १९४ सूचीकृत
शनिबारदेखि ईपीएल क्रिकेट कीर्तिपुर मैदानमा
English