-  Gopal Tiwari   December 3, 2018  

किम्फ मंसिर २१ देखि २५ सम्म काठमाडौंमा, फेस्टिभलमा ३१ देशका ७० फिल्म देखाइने

फेस्टिभलमा ३१ देशका ७० फिल्म देखाइने

 

यही मंसिर २१ देखि २५ गतेसम्म काठमाडौंस्थित राष्ट्रिय सभागृह र नेपाल पर्यटन बोर्डमा इन्टरन्यासनल माउन्टेन फिल्म फेस्टिभल (किम्फ) को सोह्रौं संस्करण हुँदैछ । वुमन मुभ माउन्टेन्स ट्यागलाइन रहेको किम्फमा नेपालसहित ३१ देशका ७० फिल्म मेकरले प्रतिस्पर्धा गर्ने छन् ।


महोत्सवमा वृत्तचित्र, कथानक चलचित्र, लघु चलचित्र, प्रयोगवादी र एनिमेसन चलचित्र देखाइने छ । महोत्सवकी निर्देशक रम्यता लिम्बूका अनुसार यहाँ देखाइने ३० प्रतिशत फिल्मका निर्देशक महिला छन् । किम्फको उद्घाटन भने अष्ट्रेयाली निर्देशक जेनिफर पिडमको वृत्तचित्र ‘माउन्टेन’ को विशेष प्रदर्शनीबाट सुरु हुनेछ । पिडम निर्दे्शित वृत्तचित्र ‘शेर्पा’ यसअघि किम्फमा प्रदर्शन भइसकेको थियो ।
किम्फको सहआयोजकमा काठमाडौं महानगरपालिका रहेको छ । किम्फ अध्यक्ष वसन्त थापा महानगरपालिकाको साथले आफूहरूलाई उत्साहित बनाएको बताउँछन् ।्
अन्तर्रा्ष्ट्रिय प्रतिस्पर्धाअन्तर्गत महोत्सवमा पहिलो हुनेले १५ सय, दोस्रो हुनेले एक हजार र तेस्रो हुने फिल्मले पाँच सय अमेरिकी डलर पुरस्कार पाउने छ । यस विधामा १४ फिल्म प्रतिस्पर्धामा छन् ।
यस्तै नेपाल पानोरामा आख्यानतर्फ पहिलो हुनेले एक लाख रुपैयाँ र गैरआख्यानतर्फ पहिले हुनेले ७५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । नेपाल पानोरामातर्फ २० वृत्तचित्र र कथानक चलचित्र छन् ।
महोत्वसवको उत्कृष्ट पर्वतीय फिल्मलाई इसिमोडले एक हजार अमेरिकी डलर बराबरको नगद पुरस्कार दिने छ भने दर्शक छनौटमा उत्कृष्टलाई अस्कर इन्टरन्यासनल कलेजले ५० हजार रुपैयाँबाट पुरस्कृत गर्नेछ । उत्कृष्ट साहसिक फिल्मले आपा शेर्पा फाउन्डेसनबाट एक हजार अमेरिकी डलर नगद पुरस्कार पाउनेछ ।

(Visited 976 times, 1 visits today)

सम्बन्धित समाचारहरू

मिस वर्ल्ड –२०१८ को टप १२ सम्म पुगिन श्रृंखला, दुई उपाधि हातमा
किम्फ मंसिर २१ देखि २५ सम्म काठमाडौंमा, फेस्टिभलमा ३१ देशका ७० फिल्म देखाइने
यो शुक्रबार डार्विनमा पशुपति शर्मा र मन्जु पौडेलको लोक दोहोरी गुञ्जिदै
ब्रिसबेनमा विशेष बन्दै यस पटकको नेपाल फेष्टिभल !
एडमन्ड हिलारीको देश न्यूजिल्याण्डमा आगामी शनिबार नेपाल फेष्टिभल हुँदै
अझ कर्णप्रिय बन्यो कालजयी तिहारको गीत ‘दियो बाली साँझको…’
सोनाक्षी सिन्हाको विवाह गर्ने रोजाईमा ऋतिक रोशन, के पाक्दैछ बलिउडमा ?
एक सातामै चार लाखले हेरे अष्ट्रेलियामा बनेको हरर चलचित्र “सुनकेशरी” (Watch Movie)
परदेशमा देशको याद, किरण भण्डारीले ल्याए ‘हुलाकी’बजारमा
गायक सुगम पोखरेल आइपुगे ब्रिसबेन, आज मिट एण्ड ग्रिट, भोलि कन्सर्ट
English