-  Gopal Tiwari   December 3, 2018  

प्रतिपक्षी कांग्रेसले माग गर्‍यो संघीय संसद्को बैठक

पुसको दोस्रो सातासम्ममा अधिवेशन बोलाइन्छ : नेम्वाङ

 

प्रमुख प्रतिपक्ष कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले संघीय संसद्को हिउँदे अधिवेशन जतिसक्दो चाँडो बोलाउन सरकारसित माग गरेका छन् । खाँणका अनुसार कानुन निर्माणलगायत मुलुकका जल्दाबल्दा र जनसरोकारसँग सम्बन्धित विषयको छलफल र बहस गर्नु आवश्यक भएकाले छिटो संसद्को अधिवेशन बोलाउनु पर्छ ।


‘संसद्को अधिवेशन बोलाउने सन्दर्भमा सरकारले प्रमुख प्रतिपक्षसँग अहिलेसम्म कुनै छलफलसम्म गरेन,’ काठमाडौंमा पत्रकारहरुसित नेता खाँणले भने संसद्को बैठक नचलेको लामो समय भयो, ३ सयभन्दा बढी पुराना कानुन संविधानसम्मत तुल्याउनुपर्ने, प्रदेश र स्थानीय तहसँग प्रत्यक्ष सरोकार राख्ने कानुनहरु बनाउनुपर्ने भएकाले बैठक जतिसक्दो चाँडो आह्वान गर्नुपर्छ ।’
संसद् बैठकका सिट, त्यहाँका माइकलगायत उपकरणको मर्मत र सुधार गरिसके लगत्तै सबैसँग सरसल्लाह गरेर हिउँदे अविधेशन आह्वान गर्ने सत्तारुढ नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिए । नेम्वाङका अनुसार जतिसक्दो छिटो संसद्को हिउँदे अधिवेशन बोलाउनुको विकल्प छैन । पुसको दोस्रो सातासम्ममा अधिवेशन बोलाइन सक्छ ।
सचिवालयले संसद् बैठक कक्ष र आवश्यक उपकरण मर्मतसंभार तथा आगामी अधिवेशनमा सरकारले पेश गर्र्ने विधेयकको तयारी तीव्रतासाथ गरिएको नेकपा संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले बताए । उनका अनुसार अधिवेशन बोलाउने काम सरकारको हो, तयारी गरिरहेको छ, संसद् भवनभित्र मर्मत र सुधारका काम एकदमै तीव्रतासाथ चलिरहेका छन् ।

(Visited 916 times, 1 visits today)

सम्बन्धित समाचारहरू

नेकपाका ४ वरिष्ठ नेताले बहिस्कार गरे सचिवालय बैठक
प्रतिपक्षी कांग्रेसले माग गर्‍यो संघीय संसद्को बैठक
नेकपाका २१ नेताद्वारा असन्तुष्टि, तत्काल केन्द्रीय कमिटी बैठक माग गर्दै महासचिवलाई ज्ञापनपत्र
कांग्रेसभित्र आन्तरिक लोकतन्त्र कमजोर : सिंह
राजनीतिक सहमतिका आधारमा उपसभापति बनेको गच्छदारको दावी, ‘विधानमा खोज्नु गलत’
गगन र विश्वप्रकाशले भने महासमिति बैठकपछि काँग्रेसले नयाँ जीवन्त प्राप्त गर्छ
नेपाली कांग्रेसको चियापान,  १४ औं महाधिवेशनमा कोइराला परिवारबाट सभापतिमा उम्मेदवारी
नेपालमा विकासको युग शुरुवात, आठ/दश वर्षमा ठूलो परिवर्तन : ‘प्रचण्ड’
एकतापछिको पहिलो चियापानमै प्रधानमन्त्री अनुपस्थित, प्रचण्डले भने विकास र सम्बृद्धिको कार्यभार पूरा गरौं
केही घण्टाका लागि प्रचण्ड दिल्लीतर्फ, ईन्डिया फाउन्डेसनको कार्यक्रममा प्रमुख अतिथि
English