-  Gopal Tiwari   December 3, 2018  

‘अपाङ्गता भएका व्यक्तिलाई अवसरमा समान पहुँच हुनुपर्छ’

प्रधानमन्त्री केपी शर्मा ओलीले अपाङ्गता भएका व्यक्तिले पनि राज्यका हरेक क्षेत्रमा समान अवसर पाउनु पर्ने बताएका छन् ।
अन्तर्राष्ट्रिय अपाङ्गता दिवसमा सोमबार जारी सन्देशमा प्रधानमन्त्री ओलीले उनीहरुको पनि अवसरमार समान पहुँच हुनपर्नेमा जोड दिए ।


अपाङ्गता भएकाहरू विभेद र अवरोधका कारण क्षमता हुँदाहुँदै पनि समाजको सक्रिय नागरिकका रूपमा सहभागी हुन नसक्ने विगतको अवस्थामा परिवर्तन ल्याउन वर्तमान सरकार अग्रसर रहेको प्रधानमन्त्रीको सन्देशमा भनिएको छ ।
अपाङ्गता भएका व्यक्तिको राज्य प्रदत्त सेवा सुविधा, अवसरलगायत जनलक्षित हरेक कार्यक्रममा समान पहुँच हुनै पर्ने जारी सन्देशमा उल्लेख गरिएको छ । उनीहरुले पनि अरुसरह लाभ लिन पाउनुपर्छ भन्ने मान्यतामा नेपाल सरकार प्रतिबद्ध रहेको जनाइएको छ । कोही पनि पछाडि नपरून् भन्ने मूल ध्येयसाथ सरकार सामाजिक न्यायको स्थापना गर्न तल्लीन रहेको समेत उल्लेख गरिएको छ ।
पूर्ण रूपमा अपाङ्गता भएका व्यक्तिका लागि सामाजिक सुरक्षा र गुणस्तरीय जीवनको विशेष व्यवस्था गर्न सरकार कटिबद्ध रहेको प्रधानमन्त्री ओलीले सन्देशमा उल्लेख गरेका छन् ।
अपाङ्गता भएका महिलामाथि हुने हिंसा र दुव्र्यवहारविरुद्ध कडा कानूनी कारबाही गरिने र पीडितलाई क्षतिपूर्ति दिलाउने विषयमा सरकारको विशेष ध्यान रहेको प्रधानमन्त्रीले जनाएका छन् ।

(Visited 924 times, 1 visits today)

सम्बन्धित समाचारहरू

कार्यदल गठन गर्दै अन्तर प्रदेश परिषद् बैठक सकियो
खेतीयोग्य जमिन बाँझो राखे कारबाही
अन्तर प्रदेश बैठकमा मुख्यमन्त्रीहरुको ब्रिफिङ
डाक्टरहरु नै यति धेरै फेल भएपछि…
मिस वर्ल्ड –२०१८ को टप १२ सम्म पुगिन श्रृंखला, दुई उपाधि हातमा
योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा १९४ सूचीकृत
राजदूत खाली देशले मंसिर अन्तिमतिरमात्रै पाउने
प्रधानमन्त्री ओलीविरुद्ध काठमाडौं प्रहरीमा जाहेरी
‘अपाङ्गता भएका व्यक्तिलाई अवसरमा समान पहुँच हुनुपर्छ’
मेलम्चीको पानी ६० भित्र काठमाडौंमा झर्ने
English