-  MNTV Australia   December 3, 2018  

लुटेरालाई रोक्न खोज्दा मेलबर्नका नरबहादुर खत्री घाइते, घटनामा एकजनाको मृत्यु

रेष्टुरेन्टमा लुट्न आएका व्यक्तिहरुलाई रोक्न खोज्दा मेलबर्नका नरबहादुर खत्री घाइते भएका छन् । तीन दिनको अस्पताल बसाईपछि घर फर्किएर आराम गरिरहेका खत्री मेलबर्नको फ्र्यांकस्टाउनमा रहेको ईन्डियन महलमा कार्यरत छन् । उनी शनिबार राति रेष्टुरेन्ट बन्द गर्दैगर्दा दुई लुटेरासँगको जम्काभेटमा परेका थिए । रेष्टुरेन्टमा बिक्री भएको नगद लुट्न खोजेका दुईजनासँग खत्री एक्लैले प्रतिकार गरे । ति लुटेराहरु पैसा लुटेरा उनकै गाडीमा भाग्न खोज्दा उनले अझै रोक्ने कोसिस जारी नै राखे । लुटेराहरुले खत्रीको गाडी समेत लुटेर भाग्न खोज्दा उनले लुटेराहरुलाई फेरि रोक्ने कोसिस गरे । यस क्रममा उनी गम्भीर घाइते भए भने एक लुटेराको सडक फुटपाथमा टाउको ठोकिएर बेहोस भए । प्रहरी आइसकेपछि निजको उपचार पनि गरिएको थियो । तर, ति व्यक्ति बाँच्न सकेनन् । आफ्नो र रेष्टुरेन्टको बचाउमा रहेका ५५ वर्षीय खत्रीको हात र टाउकोमा गम्भीर चोट लागेको छ । स्थानीय प्रत्यक्षदर्शीले सेभेन न्यूजलाई दिएको जानकारी अनुसार सडक पारी रहेको सर्भिस स्टेशनमा पुगेर एलार्म बजाउन खोजेका थिए । प्रहरीले यस घटनाको अनुसन्धान गरिरहेको छ । मेलबर्नमा रहेको नेपाली सामूदायिक संघ संस्थाले पनि खत्रीलाई आवश्यक पर्ने सहयोगका लागि आफुहरु तयार रहेको बताएका छन् । घटना शनिबार १ डिसेम्बर राति साँढे ११ बजे भएको थियो ।
यस्तो भन्छन् खत्री
अस्पतालबाट डिस्चार्ज भएर सोमबार अपरान्ह घर आइपुगेका खत्रीले एमएनटीभीसँग कुरा गर्दै घटनाबारे यसरी जानकारी दिए – “रेष्टुरेन्ट बन्द गरेर चावी लगाउनै खाजेको थिएँ । दुई जना आएर मेरो टाउकोमा हाने । तिनीहरु मास्क लगाएर आएका थिए । एकदमै मोटा केटाहरु थिए । पैसा कहाँ छ भनेर सोधे, गाडीको चाबी, रेष्टुरेन्टको चाबी सबै लुटे । गाडी खोसेर जाँदै गर्दा मैले गाडी रोक्न खोजेको थिएँ । उनीहरुले मेरो बुढी औंला टोके । त्यसपछि दुबै मिलेर हाने । त्यसपछि गाडी छोडेर भाग्न खोज्दा त्यसमध्ये एकजना चाहीँ ढल्यो । अर्को लुटेराचाहीँ भाग्यो । प्रहरी आउँदासम्म ठीकै थियो । तर, पछि त्यो बाँचेनछ । मलाई हर्टएट्याक भएको हो कि जस्तो लाग्छ । मर्ने चाहीँ व्यक्तिको भाईले अर्को व्यक्तिलाई खोज्दै छ भन्ने सुनेको हुँ । म अहिले अलि ठीक भएको छु । १५ वर्षको यति लामो मेरो सर्भिसमा अहिलेसम्म यस्तो कहिल्यै भएको थिएन ।”

(Visited 2,909 times, 1 visits today)

सम्बन्धित समाचारहरू

जन्ती बनेर आदित्यनाथ जनकपुर आउँदै
कार्यदल गठन गर्दै अन्तर प्रदेश परिषद् बैठक सकियो
अन्तर प्रदेश बैठकमा मुख्यमन्त्रीहरुको ब्रिफिङ
डाक्टरहरु नै यति धेरै फेल भएपछि…
निर्मलालाई न्याय माग्दै अष्ट्रेलियाको ब्रिसबेनमा दीप प्रज्वलन गरिँदै
महिलाविरुद्धको हिंसाको विरोधमा १६ दिने सचेतना अभियान चलाउँदै दिदीबहिनी समाज भिक्टोरिया
मिस वर्ल्ड –२०१८ को टप १२ सम्म पुगिन श्रृंखला, दुई उपाधि हातमा
नेकपाका ४ वरिष्ठ नेताले बहिस्कार गरे सचिवालय बैठक
योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा १९४ सूचीकृत
शनिबारदेखि ईपीएल क्रिकेट कीर्तिपुर मैदानमा
English