-  Gopal Tiwari   December 3, 2018  

पिस फाउण्डेसनद्वारा प्रधानमन्त्री पुरस्कृत

यूनिभर्सल पिस फाउण्डेसनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘लिडरसिप एन्ड गभर्नेन्स अवार्ड’ प्रदान गरेको छ ।
प्रधानमन्त्री ओलीले अमेरिकी डलर १ लाख राशीको पुरस्कार बालबालिका र युवाको हितमा खर्च गर्ने घोषणा गर्दै नेपाल सरकारलाई हस्तान्तरण गरेका छन् ।


प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीका अनुसार प्रधानमन्त्रीले उक्त रकम सरकारलाई हस्तान्तरण गरेर युवा तथा बालबालिका क्षेत्रमा खर्च गरिने छ । उक्त रकमको कोष नै खडा गरेर खर्च गरिने योजना प्रधानमन्त्रीले घोषणा गरेको अधिकारीले बताए ।
सम्मेलनको अन्तिम दिन मंसिर १६ गते आयोजित समापन समारोहमा प्रधानमन्त्र्री उक्त पुरस्कार हस्तान्तरण गरिएको हो । ओलीलाई संस्थाकी प्रमुख हक जा हन मुनले अवार्ड र सम्मानपत्र प्रदान गरेकी थिइन् ।
धर्म प्रचारको रुपमा विवादमा ल्याइएको एसिया प्यासिफिक सम्मेलन तीन दिनअघि मंसिर १४ गते काठमाडौंमा सुरु भएको थियो । सम्मेलनमा कम्बोलियाली प्रधानमन्त्री, म्यानमारकी स्टेट कान्सिलरलगायत कूटनीतिकहरुको सहभागिता रहेको थियो ।

(Visited 815 times, 1 visits today)

सम्बन्धित समाचारहरू

जन्ती बनेर आदित्यनाथ जनकपुर आउँदै
कार्यदल गठन गर्दै अन्तर प्रदेश परिषद् बैठक सकियो
अन्तर प्रदेश बैठकमा मुख्यमन्त्रीहरुको ब्रिफिङ
डाक्टरहरु नै यति धेरै फेल भएपछि…
निर्मलालाई न्याय माग्दै अष्ट्रेलियाको ब्रिसबेनमा दीप प्रज्वलन गरिँदै
महिलाविरुद्धको हिंसाको विरोधमा १६ दिने सचेतना अभियान चलाउँदै दिदीबहिनी समाज भिक्टोरिया
मिस वर्ल्ड –२०१८ को टप १२ सम्म पुगिन श्रृंखला, दुई उपाधि हातमा
नेकपाका ४ वरिष्ठ नेताले बहिस्कार गरे सचिवालय बैठक
योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा १९४ सूचीकृत
शनिबारदेखि ईपीएल क्रिकेट कीर्तिपुर मैदानमा
English