-  Gopal Tiwari   December 2, 2018  

इजाजत लिन श्रम कार्यालयमै जानु नपर्ने

वैदेशिक रोजगारीका लागि विदेश जाने कामदारले श्रम इजाजत लिने टोकन लिन अब श्रम कार्यालयमै जानु नपर्ने भएको छ । कामदारले श्रम स्वीकृतिको टोकन अनलाइनबाट लिन सक्ने छन् । यसलाई सहज र सरल बनाउन वैदेशिक रोजगार कार्यालयले आइतबारबाट अनलाइन प्रणाली सुरु गरेको छ ।


श्रम कार्यालयमा सेवाग्राहीको भीड बढ्दै गएसँग सेवा सम्पादनसमेत प्रभावित भएको भन्दै अब अनलाइन फारम भर्दा नै टोकन नम्बर दिन व्यवस्था गरिएको कार्यालय स्रोतले जनाएको छ । कार्यालयले नयाँ श्रम स्वीकृति, पुनः स्वीकृति र कागजात प्रमाणीकरणका लागि अनलाइन टोकन अनिवार्य गरेको छ ।
श्रम स्वीकृतिका लागि हाल एकीकृत वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (एफइआईएमएस) मा अनलाइन फाराम भर्नु पर्ने व्यवस्था गर्दै आएकामा अब कार्यालयले टोकन नम्बर पनि उल्लेख गर्ने भएको हो । टोकनमा तोकिएको मिति र समयमा मात्रै सेवाग्राही विभाग कार्यालय गए हुने छ ।
श्रम इजाजतका लागि फाराम भर्दाको समयमा मिति तोकिने हुँदा सेवाग्राही सोही समयमा मात्रै आउने भएकाले कार्यालयमा एकै पटक भीडभाड कम हुने अनुमान कार्यालयले गरेको छ । यससँगै रोजगारीका लागि जाने सेवाग्राहीमा बिचौलियाको चलखेलसमेत कम हुने अपेक्षा विभाग स्रोतको छ । स्रोतका अनुसार अब रोजगारमा जाने सेवाग्राही आफूलाई टोकनमा तोकिएको समयमा सिधैं कार्यालयमा पसेर सेवा लिन सक्छन् । उनीहरु दलालहरुको तानातानमा पर्नु पर्ने अवस्था आउँदैन ।

(Visited 661 times, 1 visits today)

सम्बन्धित समाचारहरू

कार्यदल गठन गर्दै अन्तर प्रदेश परिषद् बैठक सकियो
खेतीयोग्य जमिन बाँझो राखे कारबाही
अन्तर प्रदेश बैठकमा मुख्यमन्त्रीहरुको ब्रिफिङ
डाक्टरहरु नै यति धेरै फेल भएपछि…
मिस वर्ल्ड –२०१८ को टप १२ सम्म पुगिन श्रृंखला, दुई उपाधि हातमा
योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा १९४ सूचीकृत
राजदूत खाली देशले मंसिर अन्तिमतिरमात्रै पाउने
प्रधानमन्त्री ओलीविरुद्ध काठमाडौं प्रहरीमा जाहेरी
‘अपाङ्गता भएका व्यक्तिलाई अवसरमा समान पहुँच हुनुपर्छ’
मेलम्चीको पानी ६० भित्र काठमाडौंमा झर्ने
English