-  MNTV Australia   December 2, 2018  

एडिलेडमा नेपाली महिलाहरुको लागि पाठेघरको क्यान्सर सम्बन्धी सचेतनामूलक कार्यक्रम हुँदै

रमन अधिकारी / एडिलेड
एडिलेडमा नेपाली महिलाहरुको लागि पाठेघरको क्यान्सर सम्बन्धी सचेतनामूलक कार्यक्रम हुने भएको छ । एडिलेड नेपाली समाजको आयोजनामा डिसेम्बर ८ तारिख शनिबार यस्तो कार्यक्रम गर्न लागिएको हो । एडिलेड नेपाली विधालय ३७ पिल्डप्पा एभिन्यु पार्क होममा विहान १० बजे देखि मध्याह्न १२ बजे सम्म नेपाली महिलाहरुका लागि पाठेघरको क्यान्सर सम्बन्धि सचेतनामूलक अन्तरक्रियाको आयोजना हुनेछ ।
दक्षिण अस्ट्रेलियाको सरकारी निकाय संगको सहकार्यमा उक्त कार्यक्रम संचालन गर्न लागेको कार्यक्रम संयोजक मंजु खड्काले बताइन्।
खड्काले भनिन्, “समाजले यस प्रकारको कार्यक्रम यस अघि २०१६ मा पनि गरेको थियो । यो कार्यक्रमको निरन्तरता हो, त्यस बेला सचेतनामूलक अन्तरक्रियाका साथै स्वास्थ्य परिक्षणको व्यवस्था पनि गरेएको थियो जसमा केहि महिलाहरुको तत्कालै सम्बोधन गरिनु पर्ने स्वास्थ्य समस्याको पहिचान गरि उपचारका निम्ति पहल समेत गरिएको थियो ।”
स्वास्थय सम्बन्धी यस्ता उपचार अस्ट्रेलियन नागरिक र स्थायी भिसा पाएकाहरुको लागि निशुल्क हुने भएता पनि नियमितरूपमा परीक्षण नगर्ने र स्वास्थ्यम जटिलता आएपछि मात्र परीक्षणका लागी जाने गरेकोका कारण समस्या बढ्ने गरेका छन् ।
विगतको कार्यक्रमका लागि समाजले सरकारी निकायबाट आर्थिक सहयोग पनि प्राप्त गरेको थियो भने अहिलेको कार्यक्रम उक्त कार्यक्रमको फलोअपका रुपमा साउथ अष्ट्रेलिया हेल्थको प्राविधिक सहयोगमा आयोजना गर्न लागेको समाजले जनाएको छ । यो वर्षको कार्यक्रममा स्वास्थ्य सचेतना र उपचारका लागी सेवाको जानकारी गराइनेछ । यस्ताखालका कार्यक्रम बाट महिलाहरूले आफ्ना स्वास्थ्य समस्याहरूको खुलेर छलफलगर्ने वातावरण बन्ने आयोजकले विश्वास लिएको छ ।

(Visited 531 times, 1 visits today)

सम्बन्धित समाचारहरू

जन्ती बनेर आदित्यनाथ जनकपुर आउँदै
कार्यदल गठन गर्दै अन्तर प्रदेश परिषद् बैठक सकियो
अन्तर प्रदेश बैठकमा मुख्यमन्त्रीहरुको ब्रिफिङ
डाक्टरहरु नै यति धेरै फेल भएपछि…
निर्मलालाई न्याय माग्दै अष्ट्रेलियाको ब्रिसबेनमा दीप प्रज्वलन गरिँदै
महिलाविरुद्धको हिंसाको विरोधमा १६ दिने सचेतना अभियान चलाउँदै दिदीबहिनी समाज भिक्टोरिया
मिस वर्ल्ड –२०१८ को टप १२ सम्म पुगिन श्रृंखला, दुई उपाधि हातमा
नेकपाका ४ वरिष्ठ नेताले बहिस्कार गरे सचिवालय बैठक
योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा १९४ सूचीकृत
शनिबारदेखि ईपीएल क्रिकेट कीर्तिपुर मैदानमा
English