-  Gopal Tiwari   December 1, 2018  

सामाजिक सुरक्षा कार्यक्रमबाट विदेशीसमेत लाभान्वित

ठूला रोजगारदाताको कोषप्रति आकर्षण

 

सरकारले निकै महत्वसाथ घोषणा गरेको योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमबारे मुलुकमा निकै टिकाटिप्पणी हुन थालेका छन् । ठूलो समुदाय उक्त कार्यक्रमको पक्षमा देखिएका छन् भने केही संख्यामा विरोधका कार्यक्रम नै राखेर उत्रिन थालेका छन् ।
विरोध पनि करिब करिब दुई पक्षमा देखिए । सरकार पक्षले ज्यान छाडेर समर्थन गरेका छन् भने सत्ताको विपक्षले चर्को स्वरमा विरोध जनाएका छन् ।


स्वागत र विरोधका स्वरहरु बाहिर आइरहेका बेला यसबाट नेपालका विभिन्न क्षेत्रमा कार्यरत विदेशी कामदारसमेत लाभान्वित हुने भएका छन् । अघिल्लो सरकारका (माधव नेपाल सरकारका अर्थमन्त्री सुरेन्द्र पाण्डेले समेत प्रस्ताव गरेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा कार्यक्रम केपी ओली नेतृत्व सरकारले ०७५ मंसिर ११ देखि कार्यान्वयनमा ल्याएको हो ।
नेपालमा कार्यरत सामाजिक सुरक्षा कार्यक्रममा नेपाली र विदेशी कामदारबीच भेदभाद नहुने श्रम मन्त्री गोकर्ण विष्टले बतााएका छन् । उनका अनुसार नेपालमा झन्डै ५ लाख विदेशी कामदारका लागि पनि सामाजीक सुरक्षाले समेट्नेछ ।
उक्त सुविधका लागि विदेशी कामदारले नेपालमा काम गर्न श्रम बिभागबाट अनुमति लिनुपर्छ । विभागमा भारतीयसहित विदेशी कामदारका लागि रोजगारदाता कम्पनीले ६ महिनासम्मका लागि १५ हजार रुपैयाँ र ६ महिनाभन्दा बढी काम लगाए २० हजार दस्तुर बुझाउनुपर्छ । विदेशी कामदारलाई काम लगाउन श्रमले स्वीकृति दिनुपर्छ ।
कोषमा योगदान गर्ने श्रमिकले पेन्सनसहित स्वास्थ्योपचार, दुर्घटना र आश्रित परिवारलाई समेत पेन्सन दिने गरी सामाजिक सुरक्षा कार्यक्रम सुरु गरिएको हो । कोषमा रोजगारदाताको २० र श्रमिकको ११ प्रतिशत योगदान रहने छ ।
भर्खरै नेपाल सरकारले घोषणा गरी लागू गरेको योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सूचीकरण हुन ठूला रोजगारदाता लालयित देखिएका छन् । ५० रोजगारदाता कम्पनीले सूचीकरण गर्न अनलाइनमार्फत कोषमा आवेदन हालिसकेकोस्रोतले जनाएको छ ।
सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक श्यामराज अधिकारीले कोषमा सूचीकरण हुन आउनेको संख्या दिनदिनै बढिरहेको जानकारी दिए । कोषले मंसिर ६ देखि नै सूचीकरण गर्न थालेको छ । कोषले रोजगारदाता सूचीकरणलाई व्यवस्थित गर्न ३५ कर्मचारी परिचालन गरेको छ ।

(Visited 830 times, 1 visits today)

सम्बन्धित समाचारहरू

कार्यदल गठन गर्दै अन्तर प्रदेश परिषद् बैठक सकियो
खेतीयोग्य जमिन बाँझो राखे कारबाही
अन्तर प्रदेश बैठकमा मुख्यमन्त्रीहरुको ब्रिफिङ
डाक्टरहरु नै यति धेरै फेल भएपछि…
मिस वर्ल्ड –२०१८ को टप १२ सम्म पुगिन श्रृंखला, दुई उपाधि हातमा
योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा १९४ सूचीकृत
राजदूत खाली देशले मंसिर अन्तिमतिरमात्रै पाउने
प्रधानमन्त्री ओलीविरुद्ध काठमाडौं प्रहरीमा जाहेरी
‘अपाङ्गता भएका व्यक्तिलाई अवसरमा समान पहुँच हुनुपर्छ’
मेलम्चीको पानी ६० भित्र काठमाडौंमा झर्ने
English