-  Gopal Tiwari   November 30, 2018  

अपहरित बालकको शव झोलामा भेटियो

तीन दिनअघि अपहरणमा परेका ८ वर्षीय बालक मृत फेला परेका छन् । काठमाडौंको गोंगबुबाट हराएका बालकको शव तीन दिनपछि म्हेपी पुलमुनि झोलामा राखेर फोहोरको थुप्रोमा फ्यालिएको अवस्थामा भेटिएको हो ।
पुलमुनि फोहोर थुपारिएको ठाउँमा जेब्रा झोलाभित्र ८ वर्षीय प्रयास कुँवरको शव भेटिएको महानगरीय प्रहरी वृत्त, महाराजगञ्जका डीएसपी फडिन्द्र प्रसाईंले जानकारी दिएका छन् । उनका अनुसार घटनामा संलग्न स्याङ्जाका मेहन्द्र सार्कीलाई नियन्त्रणमा लिइएको छ ।
अपहरणकारीले हत्यापछि म्हेपीमा शव लुकाएको सूचनापछि खोजीमा जाँदा बालकको शव भेटिएको उनले जानकारी दिए । तीन दिनदेखि हराइरहेका बालकको अपहरणपछि हत्या भएको पुष्टि भएको छ ।

प्रहरीका अनुसार मित्रनगरमा स्वस्तिक त्रिवेणी गेष्ट हाउस सञ्चालक प्रवीण कुँवरका छोरा हराएका थिए । एक कक्षामा पढ्ने प्रयास हराएपछि प्रहरीले खोजी तीव्र पार्दासमेत भेट्न सकिएको थिएन ।
प्रवीणको गाडी चालकसमेत रहेका महेन्द्रलाई पक्राउ गरेपछि बच्चाको अपहरणपछि उनैले हत्या गरेको पुष्टि भएको हो । महेन्द्रले एक महिनाअघि देखि प्रवीणको गाडी चलाउन थालेका थिए । काममा उदासीन रहेका कारण बारम्बार प्रवीणले उनलाई सचेत गराइरहेका थिए । प्रहरीका अनुसार मंगलबार साँझ घरमा कोही नभएको बेला गेस्ट हाउसमा रहेका प्रयासलाई चालक महेन्द्रले चकलेट किनिदिने भन्दै लिएर गएका थिए । महेन्द्रले बच्चालाई लिएर ककनी पु¥याएको र त्यही जंगलमा घाँटी थिचेर मारेको अभियुक्तले स्वीकारेको छ ।
उनलाई नियन्त्रणमा लिएपछि बच्चाको हत्या गरेको र रातो झोलामा म्हैपीको पुलमुनि फालेको बताएका थिए ।

(Visited 899 times, 1 visits today)

सम्बन्धित समाचारहरू

जन्ती बनेर आदित्यनाथ जनकपुर आउँदै
कार्यदल गठन गर्दै अन्तर प्रदेश परिषद् बैठक सकियो
अन्तर प्रदेश बैठकमा मुख्यमन्त्रीहरुको ब्रिफिङ
डाक्टरहरु नै यति धेरै फेल भएपछि…
निर्मलालाई न्याय माग्दै अष्ट्रेलियाको ब्रिसबेनमा दीप प्रज्वलन गरिँदै
महिलाविरुद्धको हिंसाको विरोधमा १६ दिने सचेतना अभियान चलाउँदै दिदीबहिनी समाज भिक्टोरिया
मिस वर्ल्ड –२०१८ को टप १२ सम्म पुगिन श्रृंखला, दुई उपाधि हातमा
नेकपाका ४ वरिष्ठ नेताले बहिस्कार गरे सचिवालय बैठक
योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा १९४ सूचीकृत
शनिबारदेखि ईपीएल क्रिकेट कीर्तिपुर मैदानमा
English