-  Gopal Tiwari   November 29, 2018  

हातमा सधैं झाडु, ‘धरती माताको मुख नधोइदिई बस्न सक्दिन’

‘धरती माताको मुख नधोइदिई बस्न सक्दिन’

 

बाटोघाटो सरसफाइ गर्न धेरैजसो ठाउँमा दशैंतिहार नै आउनुपर्छ । घरैअघि फोहोरको डंगुर भए पनि सरकारले गरेन भन्दै राज्यपक्षको सत्तोसराप गरिन्छ हाम्रो समुदायमा । सार्वजनिक स्थान, बाटो सफा गर्नु त परको कुरा । तर झापा शिवसताक्षी धाम माइधारका ८४ वर्षीय भीमवहादुर चेम्जोड भने १५ वर्षदेखि दैनिक एक किलोमिटर बाटो बढार्दै आएका छन् ।


बाटो बढार्नु उनको नियमितता नै भइसक्यो । हिंडडुल गर्न उनलाई लौरोको सहारा लिनुपर्छ । माइधार क्षेत्रमा बिहानै निस्क्यो भने, बायाँ हातमा कठबाँसको लठ्ठी । दायाँ हातमा झाडु बोकेका चेम्जोङलाई भेटिन्छ ।
बिहानै अरु नउठ्दै उनले बाटो बडारिसकेका हुछन् । बिहान ५ बजे उठेर बाटो बढार्नु उनको दैनिकी हो । गाउँले उठिसक्दा बाटो चिटिक्क पारिसक्छन् ।
स्थानीय किरात खिजोलुड जिल्ला माडखिम (मन्दिर) का पुजारी टीका थेवेका अनुसार माइधारस्थित उनको घरको आँगनबाट सुरु गरेर कन्काई नदी किनारमा रहेको किरात मन्दिरको आँगनसम्म उनी बढार्दै पुग्छन् ।
दैनिक सयौ मान्छे ओहोरदोहोर गर्ने यो बाटो बढार्न थालेको करिब १५ वर्ष भएको स्थानीय बासिन्दा बताउँछन् । छिमेकीका अनुसार बाटोसँग उनको पुरानो साइनो छ । पहिले यहाँ बाटो होइन, घना जंगल थियो । भीमबहादुरकै अगुवाइमा बाटो हालको बनेको थियो । त्यही मायाले होला सधै उनी बाटो बढार्दै हिंड्छन् । पहिला माइधार–दोमुखा जोड्ने बाटो पनि नियमित सफा गर्थे । ‘कालोपत्रे भएपछि भने उनले छाडे ।
सधै बाटो बढारेको देख्नेले पहिला यिनलाई ‘पागल’ भयो कि क्या हो भनेर खिसीसमेत गर्थे । तर, उनले आफ्नो कामलाई कहिल्यै विश्राम दिएनन् । ८४ वसन्त पार गरिसकेको अवस्थामा पनि यी सफाइ अभियान्ताले आफ्नो दैनिकलाई भुलेका छैनने । यसैले त उनलाई धेरैले भन्ने गर्छन्, बुढेसकालमा किन दुःख गर्नु भको हौ बाजे ? जवाफमा भन्छन्, कहाँ दुःख गर्नु, धरती माताको मुख धोइदिएको हो ।
१९९० को महाभूकम्प गएको वर्ष दिनपछि पाँचथरको रानीगाउँ स्याव्रुम्बामा जन्मिएका यी बाजे को परिवार २००३ देखि नै पहाड—मधेश ओहोरदोहोर गर्न थालेको थियो । त्यही क्रममा जंगल फाँडेर माइधार आसपास बसोबास बसालेका थिए । १५ वर्षअघि श्रीमतीको मृत्युसँगै उनको आफ्नो भन्ने कोही छैन ।

(Visited 489 times, 1 visits today)

सम्बन्धित समाचारहरू

हातमा सधैं झाडु, ‘धरती माताको मुख नधोइदिई बस्न सक्दिन’
कहिल्यै ताला लाउनु पर्दैन घरमा
गाईगोरुको जन्मदर्ता, समयमै घटना दर्ता गर्ने किसानलाई प्रोत्साहन स्वरुप तीन सय दिइने
मुक्तिका लागि कुभिन्डो दान
दानवीर भिखारी, भिखमागेरै वृद्धाश्रमलई ५ लाखसहयोग
बाख्राको मासु खसीको भन्दै बेच्ने पक्राउ परे केही, सुपरग्लूले मासु टाँसेको भेटियो
अभिभावक लापर्वाहीको हद, बल्टिनमा डुबेर बालकको मृत्यु
विश्व कीर्तिमान बनाए नुवाकोटे केसीले, ९० घण्टा लगातार भाषण
संरक्षण गर्ने भन्दै स्थानान्तरण गरिएका ११ गैंडा मरे, गैंडा विज्ञ सबै स्तब्ध
मानव बेचविखनको जालो, चौथो श्रीमती बनाउने प्रलोभन !
English