-  MNTV Australia   November 29, 2018  

यो शुक्रबार डार्विनमा पशुपति शर्मा र मन्जु पौडेलको लोक दोहोरी गुञ्जिदै

– अमित ज्ञवाली / डार्विन

डार्विनमा यो शुक्रबार लोक दोहोरी भाका गुञ्जने भएको छ । एनआरएन नर्दन टेरोटोरी र चाल्र्स डार्विन युनिभर्सिटी नेप्लीज स्टुडेन्ट एशोसिएसनले संयुक्त रुपमा कार्यक्रम आयोजना गरेका हुन् । यो सांगीतिक जमघटमा पशुपति शर्मा र मन्जु पौडेलले लोक भाका र दोहोरी घन्काउने छन् ।
शुक्रबार साँझ नर्दन टेरोटेरि मै पहिलोपटक लाईभ लोक दोहरी सॉझ हुन लागेको हो ।
नोभेम्वर ३० शुक्रबार साँझ ६ बजेपछि कार्यक्रम हुनेछ । कार्यक्रमको आयोजना खर्च कटाएर बाँकी रकम अजी मेड फाउन्डेसनलाई प्रदान गरिने भएको छ । यो संस्था गैरनाफामूलक संस्था हो भने नेपालमा विभिन्न मेडिकल परियोजना सञ्चालन गर्दै आएको छ । मनोरञ्जनसँगै परोपकार पनि हुने भएकोले कार्यक्रममा सहभागी बन्न आयोजकले डार्विनमा रहेका नेपालीहरुलाई अनुरोध गरेका छन् ।

(Visited 524 times, 1 visits today)

सम्बन्धित समाचारहरू

मिस वर्ल्ड –२०१८ को टप १२ सम्म पुगिन श्रृंखला, दुई उपाधि हातमा
किम्फ मंसिर २१ देखि २५ सम्म काठमाडौंमा, फेस्टिभलमा ३१ देशका ७० फिल्म देखाइने
यो शुक्रबार डार्विनमा पशुपति शर्मा र मन्जु पौडेलको लोक दोहोरी गुञ्जिदै
ब्रिसबेनमा विशेष बन्दै यस पटकको नेपाल फेष्टिभल !
एडमन्ड हिलारीको देश न्यूजिल्याण्डमा आगामी शनिबार नेपाल फेष्टिभल हुँदै
अझ कर्णप्रिय बन्यो कालजयी तिहारको गीत ‘दियो बाली साँझको…’
सोनाक्षी सिन्हाको विवाह गर्ने रोजाईमा ऋतिक रोशन, के पाक्दैछ बलिउडमा ?
एक सातामै चार लाखले हेरे अष्ट्रेलियामा बनेको हरर चलचित्र “सुनकेशरी” (Watch Movie)
परदेशमा देशको याद, किरण भण्डारीले ल्याए ‘हुलाकी’बजारमा
गायक सुगम पोखरेल आइपुगे ब्रिसबेन, आज मिट एण्ड ग्रिट, भोलि कन्सर्ट
English