-  MNTV Australia   November 28, 2018  

हवा न्यूज लेख्ने अनलाईनका सम्पादक चन्द पक्राउ, अरुलाई खोज्दै प्रहरी

कुनै प्रमाणविना र हावादारी न्यूज लेखेर अनलाईनको विजनेस चलाइरहेका एक पत्रकारलाई नेपालमा प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाको टोलीले पोष्टपाटी नामक अनलाईनका सम्पादक गोपाल चन्दलाई पक्राउ गरेको हो । उनले प्रचण्डमाथि चितवनमा खुकुरी प्रहार भएको भनेर न्यूज लेखेका थिए । प्रचण्ड चितवन भ्रमणमा रहेको बेला आएको यस्तो न्यूजले सनसनी मच्चाएको थियो । समाचारको कुनै श्रोत थिएन । न त यो साँचो नै थियो । मात्र केही क्लीकका लागि यस्तो न्यूज लेख्ने क्रम बढेपछि प्रहरीले कारवाही अगाडि बढाएको हो निजलाई विद्युतीय कारोबार ऐन अन्तर्गत कारवाही गर्ने तयारी भएको छ । उनले अरुको न्यूज साभार गरेको बताएका छन् । तर, प्रहरीले थप अनुसन्धानपछि मात्रै यथार्थ खुल्ने जानकारी दिएको छ । यसैबीच, प्रहरीले छदम नाममा विभिन्न अनलाईन सञ्चालन गरी राजनीतिक नेतृत्व, देशको अखण्डता, सामाजिक सद्भावलाई खल्बल्याउन खोज्नेहरुको खोजी अगाडि बढाएको जनाएको छ ।

(Visited 1,801 times, 2 visits today)

सम्बन्धित समाचारहरू

जन्ती बनेर आदित्यनाथ जनकपुर आउँदै
कार्यदल गठन गर्दै अन्तर प्रदेश परिषद् बैठक सकियो
अन्तर प्रदेश बैठकमा मुख्यमन्त्रीहरुको ब्रिफिङ
डाक्टरहरु नै यति धेरै फेल भएपछि…
निर्मलालाई न्याय माग्दै अष्ट्रेलियाको ब्रिसबेनमा दीप प्रज्वलन गरिँदै
महिलाविरुद्धको हिंसाको विरोधमा १६ दिने सचेतना अभियान चलाउँदै दिदीबहिनी समाज भिक्टोरिया
मिस वर्ल्ड –२०१८ को टप १२ सम्म पुगिन श्रृंखला, दुई उपाधि हातमा
नेकपाका ४ वरिष्ठ नेताले बहिस्कार गरे सचिवालय बैठक
योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा १९४ सूचीकृत
शनिबारदेखि ईपीएल क्रिकेट कीर्तिपुर मैदानमा
English