-  Gopal Tiwari   November 23, 2018  

गाईगोरुको जन्मदर्ता, समयमै घटना दर्ता गर्ने किसानलाई प्रोत्साहन स्वरुप तीन सय दिइने

 

जन्म मृत्यु घटना दर्ता स्थानीय पञ्जिकाधिकारीसामु गर्न थालेको धेरै समय भएको छैन । यसमा सरकारका साथै विभिन्न संघसंस्थाले समेत सघाएका छन् । तर पनि अहिलेसम्म व्यक्तिगत घटना दर्ताले गति लिन सकिरहेको छैन ।

तर रुपन्देहीस्थित तिलोत्तमा नगरपालिकाले चाहि“ गाईगोरुको जन्म–मृत्यु दर्ता गर्न थालेर नौलो सुरुवात गरेको छ । सडक दुर्घटना र बाली क्षति रोक्नकै लागि दर्ता प्रक्रिया थालेको उसको भनाइ छ ।
जन्म मृत्युमात्र होइन, तिलोत्तमा नगरभित्र गाईगोरु किनबेच गर्दा पनि नगरपालिकामा कार्यालयमा जानकारी गराउनुपर्छ । यसका लागि नगरपालिकाले ७ दिनको म्याद दिएको छ ।

तोकिएकै समयमा किसानले घटना दर्ता गरे प्रोत्साहनस्वरूप प्रतिपशु ३ सय रुपैया“समेत पाउने छन् । पशु बिमा गर्दा त्यसको ५० प्रतिशत रकम पाउ“छन् । समयमा दर्ता नगर्नेलाई जरिवाना लाग्छ । नगरपालिका स्रोतका अनुसार त्यो जरिवाना नभई सुविधा खोसिएको हुने छ । गाईको जन्मदर्ता, बसाइ“सराइ र मृत्यु दर्ता नगर्ने किसानको बिमा, घा“स, उपचारलगायत सुविधा काटिने छन् ।

किसानले गाई बाच्छा सडकमा छाड्ने प्रवृत्ति बढेपछि नगरले घटना दर्ता अभियान चलाएको हो । ‘यसबाट नगरभित्र कति गाईगोरु छन् भन्ने यकिन तथ्यांक निस्किने नगर प्रमुखको भनाइ छ ।

छाडा चौपायाबाट हुने सडक दुर्घटना तथा बालीनाली क्षति रोक्न नगरपालिकाले ‘छाडा पशु चौपाया नियन्त्रण तथा व्यवस्थापन कार्यविधि २०७४’ जारी गरेर गत वर्षदेखि अभियान थालेको हो । त्यसमा गाईगोरु, बाच्छाबाच्छी बेवारिस छाडिए ३ हजार, रा“गाभैंसी, पाडापाडीको ७ सय, बाख्रा, खसी, बोका, भेंडा, सु“गुर, बंगुरको ५ सय रुपैया“ जरिवाना तोकिएको छ । कसले छाडेको हो भन्ने सूचना दिने व्यक्ति र संघसंस्थालाई पनि पुरस्कारस्वरुप चौपाया धनीबाट प्राप्त जरिवानाको ५० प्रतिशत रकम दिइने छ ।

नगरपालिकाले गाईको दर्ता पुसबाट थाल्ने जनाएको छ । यसका लागि नगर प्रतिनिधिले सबै वडाका गोठमा भेटघाट गरेर तथ्यांक संकलन गरिरहेका छन् । त्यसमा पशुकर्मी, वडा प्रतिनिधि र टोल विकास संस्थाका प्रतिनिधि सहभागी छन् ।

घटना दर्ताका लागि ‘एप्स डिजाइन’ समेत हु“दै छ । त्यसमा किसानको नाम र पालेका गाईको विवरण लेखिनेछ । गाई ब्यायो, किनबेच ग¥यो वा म¥यो भने वडा कार्यालयमा गएर सूचना दिने व्यवस्था हुनेछ । दर्ता गरेकै दिन प्रोत्साहन रकम दिइनेछ ।

(Visited 262 times, 2 visits today)

सम्बन्धित समाचारहरू

जन्ती बनेर आदित्यनाथ जनकपुर आउँदै
कार्यदल गठन गर्दै अन्तर प्रदेश परिषद् बैठक सकियो
अन्तर प्रदेश बैठकमा मुख्यमन्त्रीहरुको ब्रिफिङ
डाक्टरहरु नै यति धेरै फेल भएपछि…
निर्मलालाई न्याय माग्दै अष्ट्रेलियाको ब्रिसबेनमा दीप प्रज्वलन गरिँदै
महिलाविरुद्धको हिंसाको विरोधमा १६ दिने सचेतना अभियान चलाउँदै दिदीबहिनी समाज भिक्टोरिया
मिस वर्ल्ड –२०१८ को टप १२ सम्म पुगिन श्रृंखला, दुई उपाधि हातमा
नेकपाका ४ वरिष्ठ नेताले बहिस्कार गरे सचिवालय बैठक
योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा १९४ सूचीकृत
शनिबारदेखि ईपीएल क्रिकेट कीर्तिपुर मैदानमा
English