-  Gopal Tiwari   November 22, 2018  

नेकपाका २१ नेताद्वारा असन्तुष्टि, तत्काल केन्द्रीय कमिटी बैठक माग गर्दै महासचिवलाई ज्ञापनपत्र

तत्काल केन्द्रीय कमिटी बैठक माग गर्दै महासचिवलाई ज्ञापनपत्र

 

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका २१ युवा नेताले हाईकमाण्डको पार्टी सञ्चालन प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै केन्द्रीय कमिटी बैटकको आह्वान गरेको छ । पार्टी महासचिव विष्णु पौडेलमार्फत अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालसमक्ष बुझाइएको उक्त पत्रमा नेकपा राजनीतिक र सांगठानिक रुपमा शिथिल भएकाले तत्काल केन्द्रीय कमिटी बैठक बोलाउन माग गरिएको छ ।
पार्टीका २१ केन्द्रीय सदस्यले हस्ताक्षर गरेको उक्त पत्र बुझाउन अध्यक्षद्वयले भेट्न समयसमेत नदिएको आरोप लगाइएको छ । केन्द्रीय सदस्य जगन्नाथ खतिवडाका अनुसार बुधबार नेकपा सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा महासचिव पौडेललाई भेटेर उक्त ज्ञापनपत्र बुझाइएको हो ।

Related image
उक्त पत्रमा तत्काल पोलिटब्यूरो गठन गर्नुपर्ने, सचिवालयलाई सर्वेसर्वा बनाउन नहुने, स्थायी कमिटीलाई कार्यकारी बनाउनुपर्ने र पार्टीका सबै कमिटीको एकीकरण निश्चित मापदण्डका आधारमा टुंग्याउन पनि भनिएको छ ।
पार्टी सचिवालयले जिम्मेवारी वितरणमा समेत हैदसम्म पक्षपातपूर्ण व्यवहार गरेर सीमा नाघेको आरोप लगाउँदै ती केन्द्रीय सदस्यले कसैलाई काममाथि कामको तथा अवसरमाथि अवसरको बोझ थपियो भने कसैलाई जिम्मेवारीविहीन बनाइनु न्योचित नभएको बताएका छन् ।
केही साताअघि मात्र गरिएको प्रादेशिकस्तरको कार्यविभाजनमा सचिवालयले पक्षपातको सीमा नाघेको छ । उनीहरुको भनाइ छ, पार्टी काममा विधि हेरेर होइन, व्यक्ति हेरेर दोहोरो चरित्र देखिने गरी मुख्यमन्त्री तथा सांसदहरुलाई प्रदेशको पार्टी कामको कार्यकारी जिम्मेवारी प्रदान गरिनु न्यायोचित होइन ।
पार्टी हाइकमाण्डले सचिवालयका नाममा पार्टी एकतापछि केन्द्रीय सदस्यदेखि स्थायी कमिटी सदस्यलाई कामविहीन बनाएर कामप्रतिको हदैसम्मको लापरवाही र असफलता प्रस्तुत गरेको जारी ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।
पत्रमा मन्त्री चयनको अवस्थाप्रति पनि असन्तुष्टि जनाइएको छ । उनीहरुले भनेका छन्, ‘राजनीतिक नियुक्तिहरुमा पनि कुनै विधि र पद्धति नअपनाई आफ्नो आसेपासेलाई मात्र भरणपोषण गरिएको छ । संसदीय दल बैठकप्रति पनि असन्तोष जनाउँदै उनीहरु बैठकमा छलफल, समीक्षा वा आलोचना गर्नेसमेत अवसरसमेत नदिएको बताइएको छ
नेकपाका हस्ताक्षरकर्ता केन्द्रीय नेताको ठहर छ, ‘सरकारले मुलुकको दीर्घकालीन हितका लागि पूर्वाधार विकासमा केही राम्रा काम थाले पनि सुशासनमा सरकार सर्वत्र आलोचित बनेको छ ।’ भ्रष्टाचार, महंगी, कालोबजारी नियन्त्रण, शान्ति सुरक्षा कायमजस्ता विषयमा सरकार कामजोर भएको भन्दै नेताहरुले सरकारमाथि सबैको भरोसा टुट्ने त होइन भन्ने आशंका गरेका छन् ।
नेकपा संसदीय दलको कार्यालयमा बुधबार बुझाइएको ज्ञापनपत्रमा हस्ताक्षर गर्नेमा डा. विजयकुमार पौडेल, जगन्नाथ खतिवडा, ठाकुर गैरे, सत्रुघन महतो, जयन्ती राई, ममता गिरी, रामकुमारी झाँक्री, निरज आचार्य, तुलबहादुर गुरुङ, माधव अर्याल, विजय गुरुङ, विरोध खतिवडा, यदुवंश झा, रविन कोइराला, रचना खड्का, भाष्कर काफ्लेलगायत छन् ।

(Visited 609 times, 1 visits today)

सम्बन्धित समाचारहरू

जन्ती बनेर आदित्यनाथ जनकपुर आउँदै
कार्यदल गठन गर्दै अन्तर प्रदेश परिषद् बैठक सकियो
अन्तर प्रदेश बैठकमा मुख्यमन्त्रीहरुको ब्रिफिङ
डाक्टरहरु नै यति धेरै फेल भएपछि…
निर्मलालाई न्याय माग्दै अष्ट्रेलियाको ब्रिसबेनमा दीप प्रज्वलन गरिँदै
महिलाविरुद्धको हिंसाको विरोधमा १६ दिने सचेतना अभियान चलाउँदै दिदीबहिनी समाज भिक्टोरिया
मिस वर्ल्ड –२०१८ को टप १२ सम्म पुगिन श्रृंखला, दुई उपाधि हातमा
नेकपाका ४ वरिष्ठ नेताले बहिस्कार गरे सचिवालय बैठक
योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा १९४ सूचीकृत
शनिबारदेखि ईपीएल क्रिकेट कीर्तिपुर मैदानमा
English