-  Gopal Tiwari   November 21, 2018  

चम्किँदै क्रिकेटर सन्दीप, आईपीएल सहभागितासँगै एकपछि अर्को सफलता

‘भनिन्छ, सीप छ भने एक मानो खान दुःख हुँदैन ।’ अथवा कुनै पनि क्षेत्रमा राम्रो लगाव लगायो भने विश्वले देख्ने छ । यही कुरा नेपालका युवा क्रिकेटर सन्दीप लामिछानेमा ठ्याक्कै लागू भएको छ ।
नेपाली क्रिकेटमा चम्किलो ताराका रुपमा परिचित सन्दीपलाई एकपछि अर्को गर्दै सफलताहरु हात लागिरहेका छन् । एक वर्षअघि मात्रै विश्वमै प्रतिष्ठित क्रिकेट टुर्नामेन्ट आईपीएस (इन्डियन प्रिमियम लिग) मा अनुबन्ध उनले त्यसपछिका दिनमा पछाडि फर्केर कहिल्यै हेर्नु परेन । आईपीएलमा नेपालबाट पहिलो सहभागिता जनाएर चर्चामा आएका सन्दीपले त्यसपछि धेरै उपलब्धिहरु हासिल गर्न सके ।
पहिलो सहभागितामै डिल्ली डेयरडेभिल्सका लागि पछिल्लो तीन खेलमा उनी पाँच विकेटको सफल भएका थिए । त्यसपछिका यो एक वर्षमा उनले अस्ट्रेलियन लिन, क्यारेबियन लिगलगायत धेरै लिगमा सहभागिता जनाई फ्रेन्चाइज क्रिकेटमा यी युवा बलरले धेरै उपलब्धी हात पारेका छन् । अब भने उनी पाकिस्तान सुपर लिग (पीसीएल) बाट पनि खेल्ने निश्चित भएको छ ।


यससम्बन्धी अस्ति मंगलबार पाकिस्तानको लाहोर कलन्दर्सले सन्दीपलाई गोल्ड श्रेणीबाट लिएको हो । कलन्दर्सको ड्राफ्टमा सन्दीप गोल्ड श्रेणीमा रहे  । लाहोरले पिक वानमै सन्दीपलाई लिएको हो । गोल्डबाट छानिएका खेलाडीले कम्तीमा ५० र बढीमा ७० हजार अमेरिकी डलर पारिश्रमिक पाउने छ । जसअनुसार सन्दीप अब कम्तीमा ५० हजार डलर पारिश्रमिक पाउने छन् । यसबारे अझै भनिएको छैन ।
त्यसो त सन्दीपलाई कति महत्वसाथ लिइएको छ भन्ने कुरा उनी सहभागी टिमका खेलाडीलाई हेर्दा नै थाहा हुन्छ । उनको टिम लाहोरमा दक्षिण अफ्रिकी खेलाडी एबी डी भिलियर्स, न्युजिल्यान्डका कोरे एन्डरसन, कार्लोस ब्रेथवेट, हरिश सोहेल, मोहम्मद हफिज, ब्रेन्डन म्याकलम, एन्टोन डेभसिच, एजाज चिमा, राहत अलीलगायत छन् । गत पीसीएलमा पनि सन्दीप ड्राफ्टमा थिए तर कसैले लिएन ।
पीसीएल फेब्रेअरी १४ देखि मार्च १७ सम्म सञ्चालन हुने छ  । सन्दीप बिगबास खेलेर पीसीएल खेल्ने जाने छन् । पीसीएलजस्तै बिगबास पनि उनी पहिलोपल्ट खेल्दै छन् । मेलबर्न स्टार्सबाट बिगबासमा खेल्दा उनले झन्डै ६० हजार अमेरिकी डलर पारिश्रमिक पाउने छन् । उनी यति बेला टी–१० लिग खेल्न यूएई पुगेका छन् ।
अघिल्लो साल आईपीएल खेल्न दिल्ली डेयरडेभिल्समा अनुबन्धित सन्दीप यसपटक पनि सोही टिमबाट खेल्दै छन् । अघिल्लो साला २० हजार डलरमा अनुबन्धित सन्दीपले दिल्लीको अन्तिम ३ खेलमा ५ विकेट लिई आफ्नो बलियो प्रभाव देखाएका थिए । यसपटक भने उनले कति पाउँछन् टिमले बाहिर ल्याएको छैन ।

(Visited 5,613 times, 1 visits today)

सम्बन्धित समाचारहरू

जन्ती बनेर आदित्यनाथ जनकपुर आउँदै
कार्यदल गठन गर्दै अन्तर प्रदेश परिषद् बैठक सकियो
अन्तर प्रदेश बैठकमा मुख्यमन्त्रीहरुको ब्रिफिङ
डाक्टरहरु नै यति धेरै फेल भएपछि…
निर्मलालाई न्याय माग्दै अष्ट्रेलियाको ब्रिसबेनमा दीप प्रज्वलन गरिँदै
महिलाविरुद्धको हिंसाको विरोधमा १६ दिने सचेतना अभियान चलाउँदै दिदीबहिनी समाज भिक्टोरिया
मिस वर्ल्ड –२०१८ को टप १२ सम्म पुगिन श्रृंखला, दुई उपाधि हातमा
नेकपाका ४ वरिष्ठ नेताले बहिस्कार गरे सचिवालय बैठक
योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा १९४ सूचीकृत
शनिबारदेखि ईपीएल क्रिकेट कीर्तिपुर मैदानमा
English