-  MNTV Australia   November 20, 2018  

माइकल ब्लुमबर्गले जोन्स हप्किन्स विश्वविद्यालयलाई एक अर्ब ८० करोड अमेरिकी डलर दान दिए

संयुक्तराज्य अमेरिकाको न्यूयोर्क सहरका पूर्व प्रमुख (मेयर) माइकल ब्लुमबर्गले आफूले पढेको जोन्स हप्किन्स विश्वविद्यालयलाई एक अर्ब ८० करोड अमेरिकी डलर दान दिनुभएको छ । यो विश्वविद्यालयमा अध्ययन गर्ने न्यून र मध्यम आय भएका विद्यार्थीका लागि वित्तीय सहायता उपलब्ध गराउन आफूले दान गरेको ब्लुमबर्गले बताउनुभएको छ । 
बाल्टीमोरमा रहेको जोन्स हप्किन्स विश्वविद्यालयले अर्को सत्रदेखि उक्त रकम विद्यार्थीलाई उपलब्ध गराइने जनाएको छ । अमेरिकी इतिहासमा कुनै विश्वविद्यालयले प्राप्त गरेको यो नै सबैभन्दा ठूलो चन्दा रकम हो । विश्वविद्यालयले विद्यार्थीलाई छात्रवृत्तिका रुपमा रकम उपलब्ध गराउने स्पष्ट गरेको छ, र यस्तो रकम विद्यार्थीले पुनः भुक्तानी गर्नुपर्ने छैन ।
ब्लुमबर्गले जारी गरेको वक्तव्यमा “विश्वविद्यालयलाई एउटा उपहार दिएको” बताउनुभएको छ । अमेरिकाको सुप्रसिद्ध यो विश्वविद्यालय बाल्टीमोरका एकजना व्यापारी जोन्स हप्किन्सले उपलब्ध गराएको ७० लाख अमेरिकी डलरबाट सन् १८७६ मा स्थापना भएको थियो ।
ब्लुमबर्ग एल.पी. का संस्थापक ७६ वर्षीय माइकल ब्लुमबर्ग विश्वकै सर्वाधिक धनी व्यक्तिको सूचीमा हुनुहुन्छ । उहाँले जोन्स हप्किन्सबाट सन् १९६४ मा स्नातक गर्नुभएको थियो । उहाँ सन् २००२ देखि २०१३ सम्म न्यूयोर्क सहरको मेयर हुनुका साथै अमेरिकी राष्ट्रपतिका सम्भाव्य उम्मेदवारमा रहनुभएको थियो ।

(Visited 775 times, 1 visits today)

सम्बन्धित समाचारहरू

अफगानिस्तानमा तीन अमेरिकी सैनिक र २६ लडाकु मारिए
माइकल ब्लुमबर्गले जोन्स हप्किन्स विश्वविद्यालयलाई एक अर्ब ८० करोड अमेरिकी डलर दान दिए
जमाल खग्गोशीको हत्याको रेकर्डिंग सुन्ने नसक्ने भएको ट्रम्पको भनाई
गरिवि निवारणका लागि चीनको मोडल पछ्याउँदै पाकिस्तान
शरणार्थीको मामिलामा डोनाल्ड ट्रम्प कठोर, मेक्सिकोतिरबाट आए सिधै आउट
क्यालिफोर्नियामा रात्रिक्लवमा गोली प्रहार, १२ जनाको मृत्यु
नेपाली मूलका भण्डारी अमेरिकाको मेरिल्याण्ड राज्य संसदमा विजयी
अमेरिकी चुनावको नयाँ पाटो, हस्तक्षेप गर्ने प्रयासमा रहेका १ सय १५ फेसबुक एकाउन्ट बन्द
इटालीको सिसिली शहरमा आँधीका कारण मर्नेको संख्या ३० पुग्यो
चीन र अमेरिकाको ब्यापार युद्ध, चीनको पैसा कमजोर बन्दा अर्थतन्त्रमा तरंग
English