-  Gopal Tiwari   November 19, 2018  

मुक्तिका लागि कुभिन्डो दान

नेपाली समाजमा दान धेरै चिजको गरिन्छ । नगदमात्र नभएर जिन्सीलाई पनि दानको रुपमा लिइने समाजमा हेटौंडा भने कुभिन्डासमेत दान गरिएको छ ।


हेटौंडा उपमहानगरपालिका ९ राप्ती, कर्रा र कुखरेनी नदीको संगमस्थल कुष्माण्ड सरोवर त्रिवेणीधाममा मंसिर १ गते ठूलै थुप्रो कुभिन्डो दान गरियो । त्रिवेणी धाम पुगेका भक्तजनले ८ हजारभन्दा बढी कुभिण्डो दान गरे ।
एक सय ८ गौमुखी धारामा स्नान गरेर कुष्माण्ड नवमीका दिन कुभिण्डो दान गरे मुक्ति मिल्ने जनविश्वास छ । स्कन्दपुराणको हिमब्रतखण्डको सोह्रौं अध्यायको७६ औं श्लोक र महाभारतको आदिपर्व ५६ औं श्लोकमा उल्लेख भएअनुसार १०८ गौमुखी धारामा स्नान गर्दा रोग निवारण हुन्छ । कुष्माण्ड नवमी मेलामा कुभिण्डो दान गर्दा मुक्ति पाउने पनि उल्लेख गरिएको छ ।
सो स्थानमा ८ हजार ३३ कुभिण्डो र त्यसमाथि सुनसमेत दान गरिएको थियो । कुष्माण्ड सरोवर त्रिवेणीधाम विकास समिति अध्यक्ष ईश्वरीप्रसाद न्यौपानेका अनुसार भक्तजनबाट करिब २ लाखसमेत नगद संकलन भएको छ । काठमाडौं, धनकुटा, बारा र चितवनबाट भक्तजन आएका थिए । करिब २५ हजारले गौमुखी धारा स्नान गरी पुजाआज गरेको न्यौपानेले बताए ।
उत्तरबाहिनी नदीको मूलबाट प्रवाहित १०८ गौमुखी धारामा स्नान गर्नेहरुको बिहानै चहलपहल हुन्छ । ८ वर्ष अघिसम्म वगरको रुपमा रहेको उक्त त्रिवेणीधाम अहिले ऐतिहासिक धार्मिक स्थलको पहिचान बनाएको छ । कुष्माण्ड सरोवर त्रिवेणीधाममा विशेषगरी वर्षेनी माघे संक्रान्ती र कुष्माण्ड नवमीको दिन मेला लाग्छ ।

(Visited 11 times, 1 visits today)

सम्बन्धित समाचारहरू

कार्यदल गठन गर्दै अन्तर प्रदेश परिषद् बैठक सकियो
खेतीयोग्य जमिन बाँझो राखे कारबाही
अन्तर प्रदेश बैठकमा मुख्यमन्त्रीहरुको ब्रिफिङ
डाक्टरहरु नै यति धेरै फेल भएपछि…
मिस वर्ल्ड –२०१८ को टप १२ सम्म पुगिन श्रृंखला, दुई उपाधि हातमा
योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा १९४ सूचीकृत
राजदूत खाली देशले मंसिर अन्तिमतिरमात्रै पाउने
प्रधानमन्त्री ओलीविरुद्ध काठमाडौं प्रहरीमा जाहेरी
‘अपाङ्गता भएका व्यक्तिलाई अवसरमा समान पहुँच हुनुपर्छ’
मेलम्चीको पानी ६० भित्र काठमाडौंमा झर्ने
English