-  MNTV Australia   November 18, 2018  

अष्ट्रेलियाबाट छेपारोहरु तस्करी गर्न खोज्ने जपानी नागरिक पक्राउ !

अष्ट्रेलियाबाट हंगकंग जान लागेका एक जपानी नागरिकलाई यहाँको अध्यागमन प्रहरीले पक्राउ गरेको छ । उनले यहाँका छेपाराहरु तस्करी गर्न लागेकोले पक्राउ गरिएको प्रहरीले जनाएको छ । निजले ६ वटा छेपारा कागजमा बेरेर आफ्नो लगेजमा राखेका थिए । जिउँदै छेपाराहरुलाई त्यस्तो गरी तस्करी गर्न खोजेको पाइएपछि प्रहरीले विमानस्थलबाटै नियन्त्रणमा लिएको थियो । पर्थ नजिकैको रोथनेष्ट टापुबाट ति छेपारा समातेको निजले बताएका छन् । उनले छेपारा राखेको व्यागमा केही पानी भिजाइएको भएपनि खाना भने दिइएको थिएन । निजलाई वन्यजन्तु तस्करी, जनावरमाथि गरिएको क्रुर कार्यको अभियोगमा मुद्दा चलाइनेछ । बरामद गरिएका छेपाराहरुलाई वेष्टर्न अष्ट्रेलियाको जंगलमा छोड्ने तयारी छ । यसरी अष्ट्रेलियाबाट वन्यजन्तुको तस्करी गरेको अपराधमा १० वर्षसम्म जेल सजाय र २ लाख १० हजार डलरसम्म जरिवाना हुने प्रावधान रहेको छ ।

अष्ट्रेलियन बार्डर फोर्सका कमान्डर ओ डोनिलले भने, “हामीले राज्य र संघीय संरचनाहरुसँग तस्करीको प्रयासहरुलाई निस्तेज पार्न एकदमै सूक्ष्म तरिकाले खोजविन गरिरहेका छौं ।”

-ABF Commandar
 पार्क एण्ड वाईल्डलाईफ सर्भिस अभिसर माट स्वानले भने “एशियाका विभिन्न बजारमा अष्ट्रेलियन वन्यजन्तुको कालो बजार ठूलो रहेको छ । यसैकारण संगठित तवरमा विभिन्न व्यक्तिहरुलाई प्रयोग गरी अपराध गर्नेहरुको संख्या बढेको पाइएको छ । यसलाई रौक्नु हाम्रो दायित्व हो ।”
(Visited 1,011 times, 1 visits today)

सम्बन्धित समाचारहरू

जन्ती बनेर आदित्यनाथ जनकपुर आउँदै
कार्यदल गठन गर्दै अन्तर प्रदेश परिषद् बैठक सकियो
अन्तर प्रदेश बैठकमा मुख्यमन्त्रीहरुको ब्रिफिङ
डाक्टरहरु नै यति धेरै फेल भएपछि…
निर्मलालाई न्याय माग्दै अष्ट्रेलियाको ब्रिसबेनमा दीप प्रज्वलन गरिँदै
महिलाविरुद्धको हिंसाको विरोधमा १६ दिने सचेतना अभियान चलाउँदै दिदीबहिनी समाज भिक्टोरिया
मिस वर्ल्ड –२०१८ को टप १२ सम्म पुगिन श्रृंखला, दुई उपाधि हातमा
नेकपाका ४ वरिष्ठ नेताले बहिस्कार गरे सचिवालय बैठक
योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा १९४ सूचीकृत
शनिबारदेखि ईपीएल क्रिकेट कीर्तिपुर मैदानमा
English