-  Gopal Tiwari   November 15, 2018  

दानवीर भिखारी, भिखमागेरै वृद्धाश्रमलई ५ लाखसहयोग

 

‘आफू त महादेवकसले देला बर’ भन्ने नेपालीउखानतुक्कामकवानपुरको एउटा घटनाले सम्झाएको छ । सधैं घरघर दैलोदैलो डुलेर हातमुखजोड्ने भिखारी । तर मनका धेरै धनी ।


घरघर र चोकचोक मागेर जम्मा गरेको रकमजोगाएर ठूलो पुण्य कमाएका छन् उनले । उनीआफैं भिखारी भएर पनिहेटौंडा उपमहानगरपालिका२ स्थित ओम वृद्धाश्रमलाई ५ लाख रुपैयाँ सहयोग गरेका छन् । त्यसो त ८५ वर्षीय यीभिखारी खिनागिरीपनि १२ वर्षदेखि यहीँआश्रय लिएका छन् ।
स्याङजास्थायी घर भएकागिरीले ३ वर्षको बीचमाभिखमागेर उक्त रकम संकलन गरेकाहुन् । आश्रममाआश्रय लिएपनिउनीदैनिक रुपमामागेरै हिंड्छन् । उनले हालसम्म ५ लाख रुपैयाँआश्रमलाई सहयोग गरिसकेका छन् ।
मागेको भिख र वृद्ध भत्ताको रकमबचाएर आश्रमलाई दानदिने गरेको उनले सुनाए । गिरी भन्छन्, यो यो मेरो घर हो,भएको सबै यहीँअर्पण गर्छु ।
हिउँजस्तालामादाह्री मुसार्दै उनीबिहानै हेटौंडाबजार र आसपासका टोलछिमेकमाभिक्षापात्रबोकेर पुग्छन् । अनिभिक्षापात्रमा परेकानगदजिन्सी सबै आश्रमको जिम्मा लगाउँछन् ।
यीदानवीर भिखारीलाई आश्रमको१२ औं वार्षिक साधारणसभामा प्रदेश ३ कामुख्यमन्त्री डोरमणि पौडेललेसयपत्रीफूलको मालागलामापहिराएर सम्मान गरे । वृद्ध गिरी आश्रमकाआश्रय भएपनियहाँकामुख्यदाताभएको भन्दै पौडेलले खुलेर प्रशंसा गरेकाथिए । उनलाईआश्रमले पाल्नु परेको छैन, बरु आश्रमका धेरै आश्रितलाईउनैलेपालेका छन् ।
सानै उमेरमाभारत छिरेकागिरीले उतै विवाहपनिगरेकाथिएरे । तर वैवाहिक सम्बन्धलामो समय टिकेन । घरबार बिग्रेर बिरक्तिएकागिरीले पहेँलो वस्त्र धारण गरेर घुम्दै घुम्दै नेपालआइपुगेकाहुन् ।यहीक्रममाउनी०६४ सालमा हेटौंडा आएर आश्रममा बस्दै आएका छन् ।

(Visited 1,229 times, 2 visits today)

सम्बन्धित समाचारहरू

जन्ती बनेर आदित्यनाथ जनकपुर आउँदै
कार्यदल गठन गर्दै अन्तर प्रदेश परिषद् बैठक सकियो
अन्तर प्रदेश बैठकमा मुख्यमन्त्रीहरुको ब्रिफिङ
डाक्टरहरु नै यति धेरै फेल भएपछि…
निर्मलालाई न्याय माग्दै अष्ट्रेलियाको ब्रिसबेनमा दीप प्रज्वलन गरिँदै
महिलाविरुद्धको हिंसाको विरोधमा १६ दिने सचेतना अभियान चलाउँदै दिदीबहिनी समाज भिक्टोरिया
मिस वर्ल्ड –२०१८ को टप १२ सम्म पुगिन श्रृंखला, दुई उपाधि हातमा
नेकपाका ४ वरिष्ठ नेताले बहिस्कार गरे सचिवालय बैठक
योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा १९४ सूचीकृत
शनिबारदेखि ईपीएल क्रिकेट कीर्तिपुर मैदानमा
English