-  MNTV Australia   November 15, 2018  

ब्रिसबेनमा विशेष बन्दै यस पटकको नेपाल फेष्टिभल !

गैरआवासीय नेपाली संघ अष्ट्रेलियाले हरेक दुई वर्षमा आयोजना गर्ने नेपाल फेष्टिभलको ब्रिसबेन संस्करणको तयारी पूरा भएको छ । आगामी शनिबार आयोजना हुने नेपाल फेष्टिभलका लागि परेडको रुट समेत तय भइसकेको छ भने अन्य तयारी पनि सकिएको गैरआवासीय नेपाली संघ क्वीन्सल्याण्ड राज्य समन्वय परिषद्ले जनाएको छ । नेपाल फेष्टिभल ब्रिसबेन २०१८ का संयोजक एवं गैरआवासीय नेपाली संघ अष्ट्रेलियाका उपाध्यक्ष सन्तोष कुँवरका अनुसार शनिबार विहान १० बजेदेखि ११ बजेसम्म ब्रिसबेनको मुटुमा अवस्थित किंग जर्ज स्क्वायरमा नेपाल परेड आयोजना गरिनेछ । नेपाली मौलिक पोशाकहरुमा सजिएर नेपाली बाजागाजाका साथ झाँकी प्रदर्शन गर्ने तयारी छ । यस्तै नेपाल महोत्सवमा नेपाली पर्यनको प्रबद्र्धनका लागि नेपाल हाउस सञ्चालन गरिने भएको छ । नेपाल हाउसमा नेपाली कला, मौलिकता झल्कने सामग्रीहरु प्रदर्शनमा राख्ने तयारी छ । गायक सुगम पोखरेल, राजेश पायल राई, विश्व नेपाली, शिव हमाल, गायिका तृष्णा गुरुंग नेपाल फेष्टिभलको अर्को आकर्षण हुनेछन् । ब्रिसबेनकै नेपाली प्रतिभाहरुले पनि विभिन्न सांगीतिक प्रस्तुति दिने तयारी गरिएको छ । नेपाललाई चिनाउने महत्वपूर्ण कार्यक्रम भएकोले क्वीन्सल्याण्डमा रहेका नेपाली संघसंस्थाले नेपाल फेष्टिभलमा हातेमालो गरेका छन् । ब्रिसबेनको नेपाल फेष्टिभलको एमएनटीभीले प्रत्यक्ष प्रशारण गर्नेछ । 

(Visited 1,101 times, 1 visits today)

सम्बन्धित समाचारहरू

निर्मलालाई न्याय माग्दै अष्ट्रेलियाको ब्रिसबेनमा दीप प्रज्वलन गरिँदै
महिलाविरुद्धको हिंसाको विरोधमा १६ दिने सचेतना अभियान चलाउँदै दिदीबहिनी समाज भिक्टोरिया
सिड्नीमा एक नेपाली युवा विद्यार्थीको निधन, आर्थिक सहयोगका लागि आह्वान !
नेपाल जाँदै राजदूत शेर्पा, आरोपबारे आईतबार परराष्ट्र मन्त्रालयमा छलफल
अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाका ड्राईभरले लगाए यस्तो आरोप (with Video)
सत्तारुढका प्रवासी संगठनहरुबाट वैज्ञानिक अनुसन्धान गर्न नेपाल सरकारसँग माग
राजदूतलाई लगाइएको आरोपबारे निष्पक्ष छानविन गर्न नेपाली काँग्रेसबाट माग
दुई तिहाईको सरकार भन्दैमा जादू हुनेवाला छैन : पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे
लुटेरालाई रोक्न खोज्दा मेलबर्नका नरबहादुर खत्री घाइते, घटनामा एकजनाको मृत्यु
एडिलेडमा नेपाली महिलाहरुको लागि पाठेघरको क्यान्सर सम्बन्धी सचेतनामूलक कार्यक्रम हुँदै
English