-  MNTV Australia   November 15, 2018  

एडमन्ड हिलारीको देश न्यूजिल्याण्डमा आगामी शनिबार नेपाल फेष्टिभल हुँदै

नेपालसँग विल्कुलै फरक सम्बन्ध रहेको देश न्यूजिल्याण्डको अकल्याण्डमा आगामी १७ नोभेम्बर शनिबार नेपाल फेष्टिभल आयोजना हुने भएको छ । यसपटक पहिलोचोटी कुनै खुला ठाउँमा नेपाल फेष्टिभल आयोजना हुन लागेको आयोजक संस्था न्यूजिल्याण्ड नेपाल सोसाईटीले जनाएको छ । नेपाली गीत, संगीत, स।सकृति, परम्परा, खाना र संगीतको प्रदर्शन गरिने नेपाल फेष्टिभल स्थानीय ओटिए स्क्वायरमा मध्यान्ह १२ बजेदेखि हुनेछ । नेपाल महोत्सवमा सहभागी हुन नेपालबाट कुटुम्ब व्याण्ड आउनेछ भने न्यूजिल्याण्डकै प्रतिभाहरुले समेत आफ्नो सांस्कृतिक प्रस्तुति दिने तयारी गरेका छन् । कार्यक्रममा न्यूजिल्याण्डका लागि गैरआवासीय नेपाली राजदूत लक्की शेर्पा पनि सहभागी हुने निश्चित भएको समाजका अध्यक्ष दिनेश खड्काले जानकारी दिए । उनका अनुसार नेपाल फेष्टिभललाई सफल तुल्याउनका लागि यतिबेला अकल्याण्डका विभिन्न सार्वजनिक स्थलहरु डिजिटल डिस्प्लेबाट सिंगारिएका छन् । यहाँको उच्च सरकारी नेतृत्वले पनि सहभागिताको निम्ति स्वीकृति दिइसकेको छ । नेपाल फेष्टिभल न्यूजिल्याण्ड २०१८ को अनलाईन टिभी पार्टनर एमएनटीभी अष्ट्रेलिया रहेको छ । 

(Visited 941 times, 1 visits today)

सम्बन्धित समाचारहरू

मिस वर्ल्ड –२०१८ को टप १२ सम्म पुगिन श्रृंखला, दुई उपाधि हातमा
किम्फ मंसिर २१ देखि २५ सम्म काठमाडौंमा, फेस्टिभलमा ३१ देशका ७० फिल्म देखाइने
यो शुक्रबार डार्विनमा पशुपति शर्मा र मन्जु पौडेलको लोक दोहोरी गुञ्जिदै
ब्रिसबेनमा विशेष बन्दै यस पटकको नेपाल फेष्टिभल !
एडमन्ड हिलारीको देश न्यूजिल्याण्डमा आगामी शनिबार नेपाल फेष्टिभल हुँदै
अझ कर्णप्रिय बन्यो कालजयी तिहारको गीत ‘दियो बाली साँझको…’
सोनाक्षी सिन्हाको विवाह गर्ने रोजाईमा ऋतिक रोशन, के पाक्दैछ बलिउडमा ?
एक सातामै चार लाखले हेरे अष्ट्रेलियामा बनेको हरर चलचित्र “सुनकेशरी” (Watch Movie)
परदेशमा देशको याद, किरण भण्डारीले ल्याए ‘हुलाकी’बजारमा
गायक सुगम पोखरेल आइपुगे ब्रिसबेन, आज मिट एण्ड ग्रिट, भोलि कन्सर्ट
English