-  Gopal Tiwari   November 13, 2018  

दुलहीजस्तै सिंगारिए छठ घाट

अस्ताउँदो सूर्यलाई अर्घ दिई रातभर जागराम

 

अस्ताउँदो सूर्यलाई अर्घ दिएर विधिवत् आज साँझ छठिमाईको आराधना सुरु हुँदैछ । तीन दिनअघि देखि जोरजाम र तुल्याएको सामान दिउँसो लोकगीत र भजन गाउँदै सिंगारिएका जलाशयहरुमा पुर्याइन्छ ।


श्रद्धा, भक्ति तथा धार्मिक सहिष्णुताको संयुक्त मिलन मानिने लोकपर्व छठ आइतबारदेखि सुरु भएको हो । ब्रतालुले आज साँझ अस्ताउँदो सूर्यलाई र भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर यो महान् पर्व समापन गर्छन् ।
चार दिनसम्म मनाइने पर्वको दोस्रो दिन निराहार रही साँझ सक्खरबाट बनेको खिर र रोटी सेवन गर्छन् । तिहार सकिएसँगै सुरु हुने छठका लागि पूजा सामग्री जोरजाम गर्न ब्रतालुमा चटारो छ ।
छठ मनाउन काठमाडौ, पोखरा, नारायणगढसहित विभिन्न मुलुकमा रहेका आफन्तहरू घर फर्केका छन् । जलासय किनार चिटिक्क पारिएका छन् । छठको प्रारम्भ भएदेखि गुन्जिने लोकभाका सहरबजार र गाउँगाउँका बस्ती, पसल तथा स्थानीय एफएमहरूमा गुन्जिनका छन् ।
छठी मैया र सूर्य आराधनासम्बन्धी गीत अत्यन्तै मौलिक र लोकप्रिय हुन्छन् । छठको तयारीदेखि समापनसम्म हरेक चरणमा गीत गाइन्छ । महिलाले सामूहिक रूपमा गाउने परम्परा भए यी गीत सिडीमा समेत पाइन थालेको स्थानीयले बताए ।
धार्मिक, सांस्कृतिक र सामाजिक सद्भाव एवं सहिष्णुताको प्रतिवम्बका रूपमा स्थापित छठ पर्व सबै जातजाति, धर्म र सम्प्रदायको साझा आस्था र विश्वासको केन्द्रका रूपमा रहेको छ ।
पारिवारिक सुख, समृद्धि र शान्तिको कामनाका लागि मनाइने छठमा श्रद्धालुहरू सूर्य देवताको पूजासँगै आफ्नो दुःख, कष्ट र रोगव्याधि नासको कामना गरिन्छ ।
यो पर्व कुनै जात र स्थान विशेषको होइन । सूर्य सबैको देवता भएकाले सबैले उत्तिकै मान्न सकिने सामाजिक अगुवाहरुको भनाइ छ । समान रूपमा एउटै पोखरी वा जलासयको किनारमा सूर्यको पूजा गर्ने चलन जातीय समन्वयको ज्वलन्त उदाहरण हो । समाजमा जातीय छुवाछूत र भेदभाव अझै पनि यथावत् छ । यसले सामाजिक सद्भाव र सामञ्जस्यको सन्देश दिन्छ । तराईवासीको पर्व भनेर चिनिए पनि छठमा पहाडी समुदायको सहभागिता र आकर्षण पछिल्लो समय बढदै गएको छ ।

(Visited 19 times, 1 visits today)

सम्बन्धित समाचारहरू

जन्ती बनेर आदित्यनाथ जनकपुर आउँदै
कार्यदल गठन गर्दै अन्तर प्रदेश परिषद् बैठक सकियो
अन्तर प्रदेश बैठकमा मुख्यमन्त्रीहरुको ब्रिफिङ
डाक्टरहरु नै यति धेरै फेल भएपछि…
निर्मलालाई न्याय माग्दै अष्ट्रेलियाको ब्रिसबेनमा दीप प्रज्वलन गरिँदै
महिलाविरुद्धको हिंसाको विरोधमा १६ दिने सचेतना अभियान चलाउँदै दिदीबहिनी समाज भिक्टोरिया
मिस वर्ल्ड –२०१८ को टप १२ सम्म पुगिन श्रृंखला, दुई उपाधि हातमा
नेकपाका ४ वरिष्ठ नेताले बहिस्कार गरे सचिवालय बैठक
योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा १९४ सूचीकृत
शनिबारदेखि ईपीएल क्रिकेट कीर्तिपुर मैदानमा
English