-  Gopal Tiwari   November 11, 2018  

कांग्रेसभित्र आन्तरिक लोकतन्त्र कमजोर : सिंह

गणेशमान जन्मजयन्तीमा पार्टी सभापतिप्रति प्रकाशमानको आक्रोश

 

नेपाली कांग्रेसका पूर्व महामन्त्री प्रकाशमान सिंहले पार्टीभित्र आन्तरिक लोकतन्त्र अत्यन्तै कमजोरी भएको बताएका छन् । जनआन्दोलन २०४६ का कमाण्डर गणेशमान सिंहको १०४ औं जन्मजयन्तीमा काठमाडौंको शोभाभगवतीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले कांग्रेस सभापति शेरबहादुर देउवाले जे मन लाग्यो त्यही गर्दै हिँडेर पार्टी कमजोर बनाएको आरोप लगाए ।


मुलुकको जेठो पार्टी लोकतन्त्र र प्रजातान्त्रिक प्रक्रियाका लागि लड्दै आए पनि पछिल्लो समय पार्टी सभापतिकै कारण कांग्रेसभित्र आन्तरिक लोकतन्त्र कस्तो छ भन्ने भर्खरै सम्पन्न केन्द्रीय कार्यसमिति बैठकले प्रष्ट्याएको सिंहको कथन थियो । विधानलाई लत्याउँदै सभापतिले आफू नै सबैथोक भएजस्तै जे मन लाग्यो त्यही गर्दै हिंड्नु पार्टीहित विपरीत भएको उनले बताए । ‘पार्टी सभापति पनि विधानअनुसार चल्नुपर्छ,’ गणेशमान पुत्र सिंहले भने, ‘आवश्यक छ भने बरु विधान संशोधन गरौं भन्दा देउवा आफैं जे पनि हुँ भन्छन् ।’
लौहपुरुष गणेशमानको सालिकस्थलमा आयोजित कार्यक्रममा बोल्दै सिंहले भने, ‘व्यक्तिगत स्वार्थ पद, प्रतिष्ठा र कुर्सीका लागि जे पनि गर्न तयार हुने नेपाली राजनीतिमा प्रधानमन्त्रीजस्तो पदसमेत त्याग गर्न सक्ने गणेशमानको जीवन यो अवस्थाका लागि मननयोग्य छ ।’
केही दिनअघि मात्र पार्टी सभापतिले विधानको बाधा अड्काउ फुकाउको व्यवस्था बेवास्ता गर्दै केन्द्रीय समितिमा विजयकुमार गच्छदारलाई उपसभापति मनोनयन गरेका थिए । कांग्रेस विधानमा एकमात्र उपसभापति व्यवस्था छ । अब भने कांग्रेसमा दुई उपसभापति भएका छन् ।

(Visited 13 times, 2 visits today)

सम्बन्धित समाचारहरू

कार्यदल गठन गर्दै अन्तर प्रदेश परिषद् बैठक सकियो
खेतीयोग्य जमिन बाँझो राखे कारबाही
अन्तर प्रदेश बैठकमा मुख्यमन्त्रीहरुको ब्रिफिङ
डाक्टरहरु नै यति धेरै फेल भएपछि…
मिस वर्ल्ड –२०१८ को टप १२ सम्म पुगिन श्रृंखला, दुई उपाधि हातमा
योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा १९४ सूचीकृत
राजदूत खाली देशले मंसिर अन्तिमतिरमात्रै पाउने
प्रधानमन्त्री ओलीविरुद्ध काठमाडौं प्रहरीमा जाहेरी
‘अपाङ्गता भएका व्यक्तिलाई अवसरमा समान पहुँच हुनुपर्छ’
मेलम्चीको पानी ६० भित्र काठमाडौंमा झर्ने
English