-  MNTV Australia   November 10, 2018  

मेलबर्नमा छुरा आक्रमणकारी हुसेन खालिफको पासपोर्ट सन् २०१५ मै रद्द गरिएको खुलासा

मेलबर्नमा शुक्रबार छुरा रोपेर एक पसलेको हत्या गर्ने हसन खालिफ प्रहरीको लिष्टमै रहेका संदिग्ध भएको खुलेको छ । निजलाई सिरियामा आतंकवादी संगठनहरुसँग सम्पर्कमा रही त्यतै जानसक्ने आशंका गर्दै पासपोर्ट रद्द गरिएको पाइएको छ । उनको आक्रमणमा परी एकजना पसलेको मृत्यु भएको छ । उनी ईस्लामिक अतिवादीहरुको प्रभावमा रहेका कारण सन् २०१५ मा यात्रा प्रतिबन्ध लगाउँदै निजको पासपोर्ट रद्द गरिएको थियो । सन् १९९० ताका अष्ट्रेलियामा बसाई सरेका निज खालिफले छुरा प्रहार गर्दा सिष्टो मालास्पिनाको निधन भएको छ । उनी ७४ वर्षका थिए । उनले पेलिग्रिन्स एस्प्रेसो बार चलाउने गर्दथे । सो हमलामा बचाउन खोज्ने तास्मानियाका रोड पेट्टरसन उपचार भइरहेको छ । अर्को एक २४ वर्षीय युवा पनि घाइते भएका छन् । हुसेन खालिफ नै शिरी अलि रहेको पनि प्रहरीले पत्ता लगाएको छ । यसैबचि ईस्लामिक स्टेटले उक्त घटनाको जिम्मेवारी लिएको छ ।

(Visited 1,566 times, 1 visits today)

सम्बन्धित समाचारहरू

जन्ती बनेर आदित्यनाथ जनकपुर आउँदै
कार्यदल गठन गर्दै अन्तर प्रदेश परिषद् बैठक सकियो
अन्तर प्रदेश बैठकमा मुख्यमन्त्रीहरुको ब्रिफिङ
डाक्टरहरु नै यति धेरै फेल भएपछि…
निर्मलालाई न्याय माग्दै अष्ट्रेलियाको ब्रिसबेनमा दीप प्रज्वलन गरिँदै
महिलाविरुद्धको हिंसाको विरोधमा १६ दिने सचेतना अभियान चलाउँदै दिदीबहिनी समाज भिक्टोरिया
मिस वर्ल्ड –२०१८ को टप १२ सम्म पुगिन श्रृंखला, दुई उपाधि हातमा
नेकपाका ४ वरिष्ठ नेताले बहिस्कार गरे सचिवालय बैठक
योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा १९४ सूचीकृत
शनिबारदेखि ईपीएल क्रिकेट कीर्तिपुर मैदानमा
English