-  MNTV Australia   November 10, 2018  

शरणार्थीको मामिलामा डोनाल्ड ट्रम्प कठोर, मेक्सिकोतिरबाट आए सिधै आउट

अमेरिकाको दक्षिणी सीमाबाट देशभित्र छिर्ने गैरकानुनी आप्रवासीहरू शरणार्थी बन्न अयोग्य हुने भएका छन् । अमेरिकाको नयाँ नियमअनुसार उनीहरू शरणार्थी बन्न अयोग्य हुने भएको अधिकारीहरूले जनाएका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशन अनुसार होमल्याण्ड सेक्युरिटी डिपार्टमेन्टले लागू गरेको नियमबमोजिम लगाइएको निषेधाज्ञा उल्लंघन गर्नेलाई शरण नदिइने भएको हो । राष्ट्रपति ट्रम्पद्धारा जारी वक्तव्यमा राष्ट्रिय स्वार्थका लागि आप्रवासीहरूलाई रोक्न सकिने उल्लेख गरिएको छ ।

हालै सम्पन्न संसदीय निर्वाचनमा गैरकानुनी आप्रवासीहरूलाई रोक्ने विषय राष्ट्रपति ट्रम्पको मुख्य मुद्दा बनेको थियो ।

हालै सम्पन्न संसदीय निर्वाचनमा गैरकानुनी आप्रवासीहरूलाई रोक्ने विषय राष्ट्रपति ट्रम्पको मुख्य मुद्दा बनेको थियो । मेक्सिको हुँदै मध्यअमेरिकी देशहरूबाट अमेरिका आउन लागेका आप्रवासीहरूको लस्करलाई लक्षित गर्दै राष्ट्रपति ट्रम्पले सीमामा तिनलाई रोक्न सेना खटाउनु भएको थियो । मेक्सिकोसँगको अमेरिकाको सिमानामा पर्खाल लगाउने मुद्दालाई पनि ट्रम्पले आफ्नो निर्वाचनको बेला मुख्य एजेण्डा बनाउनुभएको थियो । मेक्सिको क्षेत्रबाट अमेरिका प्रवेश गर्ने गैरकानुनी आप्रवासीहरूलाई राष्ट्रपति ट्रम्पले अतिक्रमणकारीको संंज्ञासमेत दिनुभएको छ । अहिले लागू भएको नियम यसअघि नै प्रवेश गरिसकेका र कानुनी प्रक्रियामा रहेकाहरूलाई भने लागू नहुने बताइएको छ । कतिपयले यस नियमप्रति आपत्ति पनि जनाएकाले अदालतमा मुद्दा पर्नसक्ने समाचारमा जनाइएको छ ।
(Visited 805 times, 1 visits today)

सम्बन्धित समाचारहरू

जन्ती बनेर आदित्यनाथ जनकपुर आउँदै
कार्यदल गठन गर्दै अन्तर प्रदेश परिषद् बैठक सकियो
अन्तर प्रदेश बैठकमा मुख्यमन्त्रीहरुको ब्रिफिङ
डाक्टरहरु नै यति धेरै फेल भएपछि…
निर्मलालाई न्याय माग्दै अष्ट्रेलियाको ब्रिसबेनमा दीप प्रज्वलन गरिँदै
महिलाविरुद्धको हिंसाको विरोधमा १६ दिने सचेतना अभियान चलाउँदै दिदीबहिनी समाज भिक्टोरिया
मिस वर्ल्ड –२०१८ को टप १२ सम्म पुगिन श्रृंखला, दुई उपाधि हातमा
नेकपाका ४ वरिष्ठ नेताले बहिस्कार गरे सचिवालय बैठक
योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा १९४ सूचीकृत
शनिबारदेखि ईपीएल क्रिकेट कीर्तिपुर मैदानमा
English