-  MNTV Australia   November 10, 2018  

२०१९ मा हुने महिला विश्वकप फुटबल प्रतियोगिताका लागि अहिले नै लाखौँ टिकट बिक्री

अर्को वर्ष सन् २०१९ मा हुने महिला विश्वकप फुटबल प्रतियोगिताका लागि अहिले नै लाखौँ टिकट बिक्री भइसकेको छ । 
अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा)ले आयोजना गरेको प्रतियोगिताका लागि गत सेप्टेम्बरदेखि टिकट बिक्री शुरु भएकोमा अहिलेसम्म एक लाख ५० हजारभन्दा बढी टिकट बिक्री भइसकेको हो । फिफाले बिहीबार दिएको जानकारीअनुसार टिकट किन्नेमध्ये सबैभन्दा धेरै फ्रान्स र बेलायतका रहेका छन् । प्रतियोगिताका लागि दश लाखभन्दा बढी टिकट बिक्री गर्न सकिने फिफाको अनुमान छ । टिकटसम्बन्धी नौ वटा प्याकजे बनाइएको फिफाले जनाएको छ । व्यक्तिगत टिकट भने यही आउँदो डिसेम्बर २३ देखि बिक्री शुरु हुनेछ । प्रतियोगिता आउँदो सन् २०१९ को जुन ७ देखि जुलाई ७ सम्म हुने तय भएको छ । ग्रेनोबल, ले हाभ्रे, लिओन, मोन्टपेल्लीर, नाइस, पेरिस, रेम्स, रेन्नेज र भ्यालेन्सीन्नजमा खेलहरू हुने भएका छन् ।
सेमी फाइनल र फाइनल खेल लियोनमा गर्ने तालिका बनाइएको छ । त्यस खेलहरूका लागि झण्डै २२ हजारभन्दा बढी प्याकेज तीन महिनाका लागि बिक्री भइसकेका छन् ।

(Visited 510 times, 1 visits today)

सम्बन्धित समाचारहरू

जन्ती बनेर आदित्यनाथ जनकपुर आउँदै
कार्यदल गठन गर्दै अन्तर प्रदेश परिषद् बैठक सकियो
अन्तर प्रदेश बैठकमा मुख्यमन्त्रीहरुको ब्रिफिङ
डाक्टरहरु नै यति धेरै फेल भएपछि…
निर्मलालाई न्याय माग्दै अष्ट्रेलियाको ब्रिसबेनमा दीप प्रज्वलन गरिँदै
महिलाविरुद्धको हिंसाको विरोधमा १६ दिने सचेतना अभियान चलाउँदै दिदीबहिनी समाज भिक्टोरिया
मिस वर्ल्ड –२०१८ को टप १२ सम्म पुगिन श्रृंखला, दुई उपाधि हातमा
नेकपाका ४ वरिष्ठ नेताले बहिस्कार गरे सचिवालय बैठक
योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा १९४ सूचीकृत
शनिबारदेखि ईपीएल क्रिकेट कीर्तिपुर मैदानमा
English