-  MNTV Australia   November 9, 2018  

राजनीतिक सहमतिका आधारमा उपसभापति बनेको गच्छदारको दावी, ‘विधानमा खोज्नु गलत’

नेपाली काँग्रेसका उपसभापति विजयकुमार गच्छदारले नेपाली काँग्रेस र मधेशी जनअधिकार फोरम ९लोकतान्त्रिक० नेपालको एकता र एकीकरण राजनीतिक सहमतिबाट भएको बताउनुभएको छ ।
विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग सङ्क्षिप्त कुराकानी गर्ने क्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
नेपाली काँग्रेस पार्टीको उपसभापति पदमा आफ्नो मनोनीत विधानभन्दा पनि राजनीतिक सहमतिबाट भएको प्रसङ्ग उल्लेख गर्दै उपसभापति गच्छदारले हरेक क्रान्ति र आन्दोलन राजनीतिक सहमतिबाट नै टुङ्गिने भएकाले सोहीअनुरुप भएको हो भन्नुभयो ।
दुई पार्टीबीच भएको एकता र एकीकरणले नेपाली काँग्रेस पार्टीलाई ठूलो फाइदा भएको शीर्षस्थ नेताहरुले चर्चा गरिरहेको समयमा पूर्वउपप्रधानमन्त्रीसमेत रहनुभएका उपसभापति गच्छदारले विधानको व्याख्या आफ्नो अनुकूल गर्नु गलत हो भन्नुभयो ।
उहाँले नेपाली काँग्रेसका क्रियाशील सदस्यता खारेज गर्ने कि राख्ने विषयमा पार्टीमा छलफल भइरहेको जानकारी दिँदै कर्मचारीले सङ्घीयताको मर्म नबुझेकाले सङ्घीयता असफल हुने हो कि भनाइ निरर्थक भएको धारणा व्यक्त गर्नुभयो ।
उपसभापति गच्छदारले सङ्घीयता कर्मचारीले होइन आन्दोलनले ल्याएको स्पष्ट पार्दै प्रतिपक्ष दलको हिसाबले सरकारको हरेक रचनात्मक काममा साथ र सहयोग रहने बताउनुभयो ।
उहाँले सत्ता सञ्चालन राजीखुशीभन्दा पनि विधानअनुसार चल्नुपर्ने जिकिर गर्दै कसैको पनि अधिकार कुण्ठित हुन नदिनेतर्फ सरकार चनाखो हुनुपर्छ भन्नुभयो ।

(Visited 511 times, 1 visits today)

सम्बन्धित समाचारहरू

नेकपाका ४ वरिष्ठ नेताले बहिस्कार गरे सचिवालय बैठक
प्रतिपक्षी कांग्रेसले माग गर्‍यो संघीय संसद्को बैठक
नेकपाका २१ नेताद्वारा असन्तुष्टि, तत्काल केन्द्रीय कमिटी बैठक माग गर्दै महासचिवलाई ज्ञापनपत्र
कांग्रेसभित्र आन्तरिक लोकतन्त्र कमजोर : सिंह
राजनीतिक सहमतिका आधारमा उपसभापति बनेको गच्छदारको दावी, ‘विधानमा खोज्नु गलत’
गगन र विश्वप्रकाशले भने महासमिति बैठकपछि काँग्रेसले नयाँ जीवन्त प्राप्त गर्छ
नेपाली कांग्रेसको चियापान,  १४ औं महाधिवेशनमा कोइराला परिवारबाट सभापतिमा उम्मेदवारी
नेपालमा विकासको युग शुरुवात, आठ/दश वर्षमा ठूलो परिवर्तन : ‘प्रचण्ड’
एकतापछिको पहिलो चियापानमै प्रधानमन्त्री अनुपस्थित, प्रचण्डले भने विकास र सम्बृद्धिको कार्यभार पूरा गरौं
केही घण्टाका लागि प्रचण्ड दिल्लीतर्फ, ईन्डिया फाउन्डेसनको कार्यक्रममा प्रमुख अतिथि
English