-  Gopal Tiwari   November 6, 2018  

दुर्घटनामा १० को मृत्यु

डोल्पा जिल्लाको ठूलिभेरी नगरपालिका कालागौंडमा सोमबार भएको जीप दुर्घटनामा १० जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् । दुर्घटनाग्रस्त जीप सदरमुकाम दुनैबाट स्थानीय सुपानीतर्फ जाँदै थियो ।


भे१च १६१० नम्बरको जीप दुर्घटनाका मृतकको साँझसम्म सनाखत हुन नसकेको डोल्पा प्रहरीले जनाएको छ । तर सबैको शव भने सदरमुकाम ल्याइएकोा छ । सख्त घाइते चालक दिनेशबहादुर बोहोरा र त्रिपुरासुन्दरी नगरपालिका वडा नं २ का अध्यक्ष नन्दबहादुर थापाको जिल्ला अस्पताल दुनैमा उपचार भइरहेको छ ।
जिल्ला प्रहरीका अनुसार दुर्घटनाको कारण खुल्न सकेको छैन । उत्त सडकमा यातायात सञ्चालनका लागि अहिलेसम्म कसैलाई पनि रुट परमिट नदिएको प्रशासनले जनाएको छ । तर ५/६ वर्षदखि यहाँ जीपलगायत हलुका सवारी चलाउँदै आएको थियो । हेलिकोप्टरमा झुन्ड्याएर ल्याई २०६९ सालदेखि सदरमुकाम दुनै वरपर जीप सञ्चालनमा ल्याइएको यिो । तर सदरमुकाम दुनैमा अन्य क्षेत्रबाट सडक सञ्जालले अहिले पनि जोडेको छैन ।

(Visited 8 times, 1 visits today)

सम्बन्धित समाचारहरू

जन्ती बनेर आदित्यनाथ जनकपुर आउँदै
कार्यदल गठन गर्दै अन्तर प्रदेश परिषद् बैठक सकियो
अन्तर प्रदेश बैठकमा मुख्यमन्त्रीहरुको ब्रिफिङ
डाक्टरहरु नै यति धेरै फेल भएपछि…
निर्मलालाई न्याय माग्दै अष्ट्रेलियाको ब्रिसबेनमा दीप प्रज्वलन गरिँदै
महिलाविरुद्धको हिंसाको विरोधमा १६ दिने सचेतना अभियान चलाउँदै दिदीबहिनी समाज भिक्टोरिया
मिस वर्ल्ड –२०१८ को टप १२ सम्म पुगिन श्रृंखला, दुई उपाधि हातमा
नेकपाका ४ वरिष्ठ नेताले बहिस्कार गरे सचिवालय बैठक
योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा १९४ सूचीकृत
शनिबारदेखि ईपीएल क्रिकेट कीर्तिपुर मैदानमा
English