-  MNTV Australia   November 5, 2018  

गगन र विश्वप्रकाशले भने महासमिति बैठकपछि काँग्रेसले नयाँ जीवन्त प्राप्त गर्छ

नेपाली काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले अब बस्ने महासमितिको बैठकबाट काङ्ग्रेसले नयाँ जीवन्त प्राप्त गर्ने बताउनुभएको छ । मोरङको रतुवामाई नगरपालिकाको झुर्कियामा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले काङ्ग्रेसका कार्यकर्तालाई आवश्यक जोशका लागि नेतृत्व तह एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । काङ्ग्रेस केन्द्रीय सदस्य गगनकुमार थापाले संविधान सफल कार्यान्वयन र सङ्घीयता व्यवस्थापन गर्नु नै काङ्ग्रेसको जिम्मेवारी रहेको बताउनुभयो । उहाँले विगतको निर्वाचनको पराजयबाट पाठ सिकेर काङ्ग्रेसले आफूलाई परिमार्जन गर्दै जनताको बीचमा जानुपर्ने आवश्यकता औँल्याउनुभयो ।
अर्का केन्द्रीय सदस्य डा मीनेन्द्र रिजालले दुई तिहाइको बहुमतको सरकारले जन चाहनाअनुसार काम गर्न नसकेको आरोप लगाउनुभयो । नेपाली काङ्ग्रेस रतुवामाई नगर समितिका अध्यक्ष जीवन पनेरुको सभापतित्वमा भएको उक्त कार्यक्रममा रतुवामाई नगरपालिकाका प्रमुख रविन राई, नेका केन्द्रीय सदस्य डा डीला सङ्ग्रौला, राष्ट्रियसभाका सदस्य रमेशजङ्ग रायमाझी, प्रदेशका नेकाँ सचेतक केदार कार्की, पूर्वमन्त्री दिलीप गच्छदार, नेकाँ मोरङ सचिव मोदराज घिमिरेले पार्टीका केन्द्रीय नेतृत्वबीच एकता कायम हुनुपर्नेमा जोड दिनुभयो ।

(Visited 509 times, 1 visits today)

सम्बन्धित समाचारहरू

जन्ती बनेर आदित्यनाथ जनकपुर आउँदै
कार्यदल गठन गर्दै अन्तर प्रदेश परिषद् बैठक सकियो
अन्तर प्रदेश बैठकमा मुख्यमन्त्रीहरुको ब्रिफिङ
डाक्टरहरु नै यति धेरै फेल भएपछि…
निर्मलालाई न्याय माग्दै अष्ट्रेलियाको ब्रिसबेनमा दीप प्रज्वलन गरिँदै
महिलाविरुद्धको हिंसाको विरोधमा १६ दिने सचेतना अभियान चलाउँदै दिदीबहिनी समाज भिक्टोरिया
मिस वर्ल्ड –२०१८ को टप १२ सम्म पुगिन श्रृंखला, दुई उपाधि हातमा
नेकपाका ४ वरिष्ठ नेताले बहिस्कार गरे सचिवालय बैठक
योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा १९४ सूचीकृत
शनिबारदेखि ईपीएल क्रिकेट कीर्तिपुर मैदानमा
English