-  nepal_bureau   October 11, 2018  

जिलोङ नेप्लीज एशोसिएसनको वार्षिक साधारणसभा, अध्यक्षमा दोहोरिए निरज कारञ्जित

अष्ट्रेलियाको भिक्टोरिया राज्यमा रहेको शहर जिलोङमा बसोबास गर्ने नेपालीहरुको संगठन जिलोङ नेप्लीज एशोसिएसनको साधारणसभा सम्पन्न भएको छ । आईतबार स्थानीय ताज क्याफेमा दिउँसो ३ बजेदेखि ७ बजेसम्म चलेको साधारणसभाले आर्थिक प्रतिवेदन पारित गर्नुका साथै आगामी कार्यकालका लागि नयाँ नेतृत्व समेत चयन गरेको छ । साधारणसभाबाट वर्तमान अध्यक्ष निरज कारञ्जीत नै पुनः अध्यक्ष चयन भएका छन् । यस्तै उपाध्यक्षमा दर्पना घिमिरे र प्रमोद पटेल छानिएका छन् भने सचिवमा तर्कराज भट्ट, सहसचिवमा सितु श्रेष्ठ, कोषाध्यक्षमा रविन्द्र न्यौपाने र सदस्यहरुमा सुरज तिवारी, गणेश आचार्य चयन भएका हुन् । संस्थाको संस्थापक उपाध्यक्ष महेशकुमार श्रेष्ठलाई सल्लाहकार तोक्ने निर्णय पनि साधारणसभाले गरेको छ । आईटी र प्रशासन नवीन नायकले हेर्नेछन् । वार्षिक साधारणसभाको सुरुवातमा अध्यक्ष कारञ्जीतले स्वागत गरेका थिए भने दर्पणा घिमिरेले गत वर्षको आर्थिक प्रतिवेदन पेश गरेकी थिइन् भने तर्कराज भट्टले गत वर्ष भएका गतिविधिको विषयमा जानकारी गराएका थिए । साधारणसभामा उपस्थितहरुलाई प्रमोद पटेलले धन्यवाद दिएका थिए ।

(Visited 1,846 times, 1 visits today)

सम्बन्धित समाचारहरू

जन्ती बनेर आदित्यनाथ जनकपुर आउँदै
कार्यदल गठन गर्दै अन्तर प्रदेश परिषद् बैठक सकियो
अन्तर प्रदेश बैठकमा मुख्यमन्त्रीहरुको ब्रिफिङ
डाक्टरहरु नै यति धेरै फेल भएपछि…
निर्मलालाई न्याय माग्दै अष्ट्रेलियाको ब्रिसबेनमा दीप प्रज्वलन गरिँदै
महिलाविरुद्धको हिंसाको विरोधमा १६ दिने सचेतना अभियान चलाउँदै दिदीबहिनी समाज भिक्टोरिया
मिस वर्ल्ड –२०१८ को टप १२ सम्म पुगिन श्रृंखला, दुई उपाधि हातमा
नेकपाका ४ वरिष्ठ नेताले बहिस्कार गरे सचिवालय बैठक
योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा १९४ सूचीकृत
शनिबारदेखि ईपीएल क्रिकेट कीर्तिपुर मैदानमा
English