-  nepal_bureau   October 9, 2018  

नेकपामा नेता बामदेव चर्चामा, खरेलले पुस्तकमा पछारे, पोखरेलले बैठकमै लछारे

यतिबेला नेपाली राजनीतिक बृत्तमा पूर्वउपप्रधानमन्त्री एवं वर्तमान नेकपाका शक्तिशाली नेता बामदेव गौतम चर्चामा छन् । उनको चर्चा पुनः सांसद बनाउनका लागि उपचुनाव मार्फत संसदमा ल्याउनेदेखि हालैमात्र प्रकाशित पूर्वआईजीपी अच्युतकृष्ण खरेलको पुस्तकसम्म छ ।  
वामदेव गौतमले नेपाल प्रहरीका पूर्व महानिरीक्षक अच्युतकृष्ण खरेलद्धारा प्रकाशित ‘आत्मकथा’मा आफ्नो चरित्र हत्या गर्न खोजिएको आरोप लगाएका छन् । खरेलले प्रकाशित गरेको ‘अच्युतकृष्ण खरेल आत्मकथा’मा आफूलाई इङ्गित गरी एक पत्रकारमार्फत रु २० लाखको प्रस्ताव पठाउँदा अस्वीकार गरेको लेखेर भ्रमण सिर्जना गरिएको गौतम बताउँछन् । यही बेला पार्टीभित्र उनलाई सांसद बनाउने प्रयासको उपप्रधानमन्त्री तथा नेकपाकै अर्का नेता ईश्वर पोखरेलले विरोध गरिरहेका छन् ।
‘खरेलको आत्मकथामा मैले कुन पत्रकार पठाएर  २० लाख प्रस्ताव गरे। २० लाखको प्रस्ताव लिएर आउने त्यो पत्रकार को थियो ? त्यो खरेलले पुष्टि गर्नुपर्दछ’ उनले भने, ‘आफ्नो आत्मकथामा मेराबारे तथानाम जे पायो त्यही झुटा असत्य कुरा लेखेर चरित्र हत्या गर्न खोज्नेरु’ उनले खरेलले आइजिपीबाट हटाएको बदला आफ्नो आत्मकथामार्फत सार्वजनिक गरेको दाबी गरे। खरेलले लेखेका कुरामा कुनै सत्यता नभएको उल्लेख गर्दै नेता गौतमले स्थानीय निर्वाचन गर्न नसक्ने भएपछि पार्टीको निर्देशनमा खरेललाई प्रहरी प्रमुखबाट हटाएको स्पष्ट पारे। पत्रकार विश्वमणि सुवेदीले बामदेव गौतम उपप्रधानमन्त्री तथा गृहमन्त्री भएका बेला उनको प्रेस संयोजनको ज्म्मिेवारी पूरा गर्दै आएका थिए । विश्वमणि सुवेदी अहिले पनि गौतमका निकट सहयोगी मानिन्छन् । पुस्तकमा भने यस विषयमा कुनै कुरा खुलाइएको छैन ।
काठमाडौँ–७ का सांसद रामवीर मानन्धरले गौतमका लागि काठमाडौँ–७ खालि गर्न आफू तयार रहेको निवेदन सचिवालयमा बुझाएपछि त्यसको विरोधमा उपप्रधानमन्त्री ईश्वर पोखरेल देखिएक छन् ।
गौतमलाई प्रतिनिधि सभामा लैजानुपर्ने माग सहित सांसद मानन्धरले केन्द्रीय सचिवालयलाई लेखेको पत्र महासचिव विष्णु पौडेलले पढेर सुनाएका थिए।
प्रस्तावको ईश्वर पोखरेलले विरोध गरेका थिए । बैठक श्रोतका अनुसार यस्तो पत्र सचिवालयमा ल्याउन नहुने तर्क पोखरेलको थियो । यस विषयमा कुनै निर्णय भने भइसकेको छैन ।

(Visited 1,238 times, 1 visits today)

सम्बन्धित समाचारहरू

जन्ती बनेर आदित्यनाथ जनकपुर आउँदै
कार्यदल गठन गर्दै अन्तर प्रदेश परिषद् बैठक सकियो
अन्तर प्रदेश बैठकमा मुख्यमन्त्रीहरुको ब्रिफिङ
डाक्टरहरु नै यति धेरै फेल भएपछि…
निर्मलालाई न्याय माग्दै अष्ट्रेलियाको ब्रिसबेनमा दीप प्रज्वलन गरिँदै
महिलाविरुद्धको हिंसाको विरोधमा १६ दिने सचेतना अभियान चलाउँदै दिदीबहिनी समाज भिक्टोरिया
मिस वर्ल्ड –२०१८ को टप १२ सम्म पुगिन श्रृंखला, दुई उपाधि हातमा
नेकपाका ४ वरिष्ठ नेताले बहिस्कार गरे सचिवालय बैठक
योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा १९४ सूचीकृत
शनिबारदेखि ईपीएल क्रिकेट कीर्तिपुर मैदानमा
English