-  nepal_bureau   September 19, 2018  

अष्ट्रेलियाबाट ‘जर्नी टु नेपाल अभियान’ चलाउँदै दूतावास, बिहीबार सुरुवात गर्ने

अष्ट्रेलियास्थित नेपाली दूतावासले जर्नी टु नेपाल अभियान सञ्चालन गर्ने भएको छ । अष्ट्रेलियामा रहेको ज्ञान, शीप र दक्षता मात्र होइन पर्यटकहरुलाई समेत आकर्षित गर्ने उद्देश्यले यो अभियान चलाउन लागिएको हो । नपालमा लगानीको वातावरण बनाउन समेत यसले मद्दत गर्ने अपेक्षा दूतावासको छ । बिहीबार क्यानबेरास्थित नेपाली दूतावासले संविधान दिवसका अवसरमा आयोजना गर्ने विशेष कार्यक्रममा यसको घोषणा गर्न लागिएको हो । अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाले “सबैजना अष्ट्रेलिया अष्ट्रेलिया भन्दै यता आइरहेको बेला यहाँबाट नेपालमा गएर केही गर्छु भन्नेहरुलाई, नेपाल घुम्न जाने अष्ट्रेलियनहरुलाई अनि नेपालमा लगानी गर्न चाहने यहाँका लगानीकर्ताहरुलाई आकर्षित गर्ने नै हाम्रो उद्देश्य हो । यिनै विषयलाई सहजता प्रदान गर्न, यिनै विषयहरुको जानकारी सबैमा लैजान यो अभियान सुरु गर्न लागिएको हो । यसको थप जानकारी तपाईंहरुले बिहीबार नै पाउनुहुनेछ ।” बिहीबार क्यानबेराको हयात होटलमा एक कार्यक्रम गरी नेपालमा संविधान जारी भएको स्मरणमा ‘नेशनल डे’ गरेर खुशी साट्ने कार्यक्रम आयोजना गरिएको छ ।

(Visited 1,881 times, 1 visits today)

सम्बन्धित समाचारहरू

जन्ती बनेर आदित्यनाथ जनकपुर आउँदै
कार्यदल गठन गर्दै अन्तर प्रदेश परिषद् बैठक सकियो
अन्तर प्रदेश बैठकमा मुख्यमन्त्रीहरुको ब्रिफिङ
डाक्टरहरु नै यति धेरै फेल भएपछि…
निर्मलालाई न्याय माग्दै अष्ट्रेलियाको ब्रिसबेनमा दीप प्रज्वलन गरिँदै
महिलाविरुद्धको हिंसाको विरोधमा १६ दिने सचेतना अभियान चलाउँदै दिदीबहिनी समाज भिक्टोरिया
मिस वर्ल्ड –२०१८ को टप १२ सम्म पुगिन श्रृंखला, दुई उपाधि हातमा
नेकपाका ४ वरिष्ठ नेताले बहिस्कार गरे सचिवालय बैठक
योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा १९४ सूचीकृत
शनिबारदेखि ईपीएल क्रिकेट कीर्तिपुर मैदानमा
English