-  nepal_bureau   September 19, 2018  

सदस्यहरुलाई कार्ड वितरण गर्दै एनआरएन, पहिलो लटमा आए एक हजारको परिचयपत्र

गैरआवासीय नेपाली संघ अष्ट्रेलियाले आफ्ना ८ हजारभन्दा बढी सदस्यहरुका लागि परिचयपत्रको व्यवस्था गरेको छ । यसै अन्तर्गत पहिलो पटक एक हजारभन्दा बढी व्यक्तिहरुको परिचयपत्र बनेर काठमाडौंस्थित केन्द्रीय कार्यालयबाट आएको जानकारी संस्थाका प्रवक्ता डिला खरेलले दिएका छन् । खरेलले एक विज्ञप्ति जारी गर्दै एनआरएन कार्डका माध्यमबाट सदस्यहरुले सहुलियत समेत पाउने व्यवस्था गर्न लागिएको जनाएका छन् । उनले अष्ट्रेलियामा सञ्चालित विभिन्न रेष्टुरैन्टहरु, होटलहरु, नेपाल जाने टिकट, कानूनी सेवा, लेखा सेवा, शैक्षिक तथा अध्यागमन सेवा लगायतमा कार्डवाहकहरुलाई सहुलियत दिलाउने प्रयास भइरहेको जनाए । एनआरएन साउथ अष्ट्रेलियाले एडिलेडमा रहेका विभिन्न संघसंस्थासँगको सहकार्यका माध्यमबाट आफ्ना सदस्यहरुलाई सहुलियत दिने घोषणा यसअघि नै गरिसकेको छ । एमएनटीभीसँग कुरा गर्दै प्रवक्ता डिढला खरेलले भने, “कार्डमा एनआरएन मेम्बरशिप नम्बर हुनेछ, साथै यसमा वाहकको फोटो पनि रहनेछ । तर हामीले बुझ्नुपर्ने कुरा चाहीँ नेपाल सरकारले जारी गर्ने एनआरएन कार्ड र यो परिचयपत्र फरक फरक हो । नेपाल सरकारले जारी गर्ने कार्डको माध्यमबाट नेपालको सरकारी निकायहरुले दिने सेवा, सुविधा र सहुलियत प्राप्त गर्न सकिन्छ भने यो कार्डको माध्यमबाट एनआरएनका एनसीसीहरुले तोकेको सेवा सुविधा पाउन सकिनेछ । साथै आगामी निर्वाचनमा सहभागी हुनका लागि पनि यो परिचयपत्र आवश्यक पर्नेछ ।” आठ हजार सदस्य रहेकोमध्ये पहिलो लटमा जम्मा एक हजारको सदस्यता करिब तीन महिनाभन्दा बढी समय लगाएर लागि आएको छ । कार्डको म्याद भने सन् २०१९ को जुलाईसम्म मात्र छ । अष्ट्रेलिया आइपुगेका कार्डलाई सम्बन्धित राज्य परिषद्मार्फत वितरण गर्ने व्यवस्था मिलाइएको छ ।

(Visited 1,459 times, 1 visits today)

सम्बन्धित समाचारहरू

जन्ती बनेर आदित्यनाथ जनकपुर आउँदै
कार्यदल गठन गर्दै अन्तर प्रदेश परिषद् बैठक सकियो
अन्तर प्रदेश बैठकमा मुख्यमन्त्रीहरुको ब्रिफिङ
डाक्टरहरु नै यति धेरै फेल भएपछि…
निर्मलालाई न्याय माग्दै अष्ट्रेलियाको ब्रिसबेनमा दीप प्रज्वलन गरिँदै
महिलाविरुद्धको हिंसाको विरोधमा १६ दिने सचेतना अभियान चलाउँदै दिदीबहिनी समाज भिक्टोरिया
मिस वर्ल्ड –२०१८ को टप १२ सम्म पुगिन श्रृंखला, दुई उपाधि हातमा
नेकपाका ४ वरिष्ठ नेताले बहिस्कार गरे सचिवालय बैठक
योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा १९४ सूचीकृत
शनिबारदेखि ईपीएल क्रिकेट कीर्तिपुर मैदानमा
English