-  nepal_bureau   September 6, 2018  

पाथीभरा श्रद्धाश्रमका लागि विराटनगर महानगरपालिकाले पनि छुट्यायो बजेट

एनआरएन अष्ट्रेलियाको महत्वकांक्षी कार्यक्रम पाथीभरा श्रद्धाश्रमको निर्माणका लागि विराटनगर महानगरपालिकाले पनि बजेट छुट्याएको छ । जेष्ठ नागरिकहरुको लागि २ करोडभन्दा बढीको लगानीमा निर्माण हुन लागेको यो परियोजनाका लागि एनआरएन अष्ट्रेलियाले हालसम्म १ करोड २७ लाख सहयोग गरिसकेको छ । महानगरपालिका र एनआरएन अष्ट्रेलियाको संयुक्त प्रयासमा सञ्चालन गरिने श्रद्धाश्रमको निर्माण कार्यलाई तिव्रता दिन आफुहरुले प्रयास गरिरहेको यस परियोजनाका संयोजक एवं एनआरएन अष्ट्रेलियाका पूर्वप्रवक्ता ज्ञानेन्द्र रेग्मीले एमएनटीभीलाई बताए । विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले एमएनटीभीसँग कुरा गर्दै यो वर्ष २० लाख बजेट छुट्याएको बताए । उनले यसको छिटो सञ्चालनका लागि एनआरएन अष्ट्रेलियाकै सक्रियतामा भर पर्ने भन्दै आफुहरुले पनि परियोजनालाई विदेशमा रहेका नेपालीहरुको सद्भावको रुपमा बुझेर महत्व दिएको जानकारी दिए । उनले भने, “एनआरएन अष्ट्रेलियाले यसमा काम गरिरहेकाले हामीले पहिलो पटक बजेटमा नै समावेश गरेर रकम पनि छुट्याएका छौं ।” गएको साता यसै विषयमा एनआरएन अष्ट्रेलियाका अध्यक्ष टोनु घोताने, उपाध्यक्ष केशव कँडेल, भिक्टोरियाका लागि अवैतनिक महावाणिज्यदूत चन्द्र योञ्जन र परियोजनाका उपसंयोजक नेत्र पौडेलसहितको छलफल मेलबर्नमा सम्पन्न भएको थियो । छलफलमा दाताहरुले कबोल गरेको सहयोग रकम र विभिन्न राज्यमा दोश्रो चरणमा सञ्चालित कार्यक्रमबाट प्राप्त सहयोग रकमको विषयमा छिट्टै टुंगो लगाएर अघि बढ्ने विषयमा चर्चा भएको थियो ।

(Visited 1,578 times, 1 visits today)

सम्बन्धित समाचारहरू

जन्ती बनेर आदित्यनाथ जनकपुर आउँदै
कार्यदल गठन गर्दै अन्तर प्रदेश परिषद् बैठक सकियो
अन्तर प्रदेश बैठकमा मुख्यमन्त्रीहरुको ब्रिफिङ
डाक्टरहरु नै यति धेरै फेल भएपछि…
निर्मलालाई न्याय माग्दै अष्ट्रेलियाको ब्रिसबेनमा दीप प्रज्वलन गरिँदै
महिलाविरुद्धको हिंसाको विरोधमा १६ दिने सचेतना अभियान चलाउँदै दिदीबहिनी समाज भिक्टोरिया
मिस वर्ल्ड –२०१८ को टप १२ सम्म पुगिन श्रृंखला, दुई उपाधि हातमा
नेकपाका ४ वरिष्ठ नेताले बहिस्कार गरे सचिवालय बैठक
योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा १९४ सूचीकृत
शनिबारदेखि ईपीएल क्रिकेट कीर्तिपुर मैदानमा
English