-  MNTV Australia   June 7, 2018  

उपेन्द्रको रिसले दुई नम्बर प्रदेशको सरकार पनि त्याग्दै राजपा

राष्ट्रिय जनता पार्टी नेपालका महासचिव एवं प्रदेशसभा सदस्य मनिष सुमनले प्रदेश नं २ को फोरम नेतृत्वको सरकारबाट आफ्नो पार्टी फिर्ता हुने बताउनुभएको छ । साक्षात्कारमा नेता सुमनले मधेश आन्दोलनको भावनाविपरीत उपेन्द्र यादव सरकारमा गएको आरोप लगाउँदै नेकपा र फोरम नेपालबीच भएको दुई बुँदे सहमति सत्तामा चढ्ने सिँढी मात्रै भएकाले आफ्नो पार्टी सरकारबाट बाहिरिने स्पष्ट पार्नुभयो । पार्टीको राजनीतिक समितिको आगामी २५ गते बस्ने बैठकबाट प्रदेश नं २ को सरकारबाट अलग हुने र केन्द्र सरकारलाई दिएको समर्थन फिर्ता लिने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “झुट बोल्नेलाई हामी समर्थन गर्दैनौँ, संविधान संशोधन गर्ने विषयमा पटकपटक विश्वास देखाएर झुट बोल्ने काम भयो, आगामी २५ गतेको बैठकबाट दिएको समर्थन फिर्ता लिने निर्णय गर्छौं ।” उहाँले नेकपाले राष्ट्रपति निर्वाचन, प्रधानमन्त्रीको निर्वाचन र सभामुखको निर्वाचनमा संविधान संशोधन गर्छौं मत दिनुहोस् भनेर ढाँटेको आरोप लगाउनुभयो ।

(Visited 55 times, 1 visits today)

सम्बन्धित समाचारहरू

जन्ती बनेर आदित्यनाथ जनकपुर आउँदै
कार्यदल गठन गर्दै अन्तर प्रदेश परिषद् बैठक सकियो
अन्तर प्रदेश बैठकमा मुख्यमन्त्रीहरुको ब्रिफिङ
डाक्टरहरु नै यति धेरै फेल भएपछि…
निर्मलालाई न्याय माग्दै अष्ट्रेलियाको ब्रिसबेनमा दीप प्रज्वलन गरिँदै
महिलाविरुद्धको हिंसाको विरोधमा १६ दिने सचेतना अभियान चलाउँदै दिदीबहिनी समाज भिक्टोरिया
मिस वर्ल्ड –२०१८ को टप १२ सम्म पुगिन श्रृंखला, दुई उपाधि हातमा
नेकपाका ४ वरिष्ठ नेताले बहिस्कार गरे सचिवालय बैठक
योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा १९४ सूचीकृत
शनिबारदेखि ईपीएल क्रिकेट कीर्तिपुर मैदानमा
English