-  MNTV Australia   May 20, 2018  

पाँच फिटभन्दा बढी लम्बाइको लोपोन्मुख अजिङ्गर कञ्चनपुरमा भेटियो

कञ्चनपुर शुक्लाफाँटा नगरपालिका २ लक्ष्मीपुरमा आज लोपोन्मुख प्रजातिको अजिङ्गर फेला परेको छ । चितौरा खोला नजिकको बाँसघारीमा फेला परेको अजिङ्गर पाँच फिटभन्दा बढी लम्बाइको रहेको छ । वयस्क अजिङ्गर देखा परेपछि स्थानीय बासिन्दाले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टर अर्जुनीमा खबर गरेपछि निकुञ्जका कर्मचारीले सो अजिङ्गरको उद्धार गरेका छन् । उद्धार गरएको अजिङ्गरलाई निकुञ्जको सुरक्षित स्थानमा छाडिएको सेक्टर कार्यालय अर्जुनीका सहायक संरक्षण अधिकृत शैलेन्द्र चौधरीले बताउनुभयो । अजिङ्गर निकुञ्जबाट आहाराको खोजीमा सनबोरा नदी हँुदै त्यस क्षेत्रमा पुगेको हुनसक्ने अनुमान गरिएको छ ।

(Visited 57 times, 1 visits today)

सम्बन्धित समाचारहरू

हातमा सधैं झाडु, ‘धरती माताको मुख नधोइदिई बस्न सक्दिन’
कहिल्यै ताला लाउनु पर्दैन घरमा
गाईगोरुको जन्मदर्ता, समयमै घटना दर्ता गर्ने किसानलाई प्रोत्साहन स्वरुप तीन सय दिइने
मुक्तिका लागि कुभिन्डो दान
दानवीर भिखारी, भिखमागेरै वृद्धाश्रमलई ५ लाखसहयोग
बाख्राको मासु खसीको भन्दै बेच्ने पक्राउ परे केही, सुपरग्लूले मासु टाँसेको भेटियो
अभिभावक लापर्वाहीको हद, बल्टिनमा डुबेर बालकको मृत्यु
विश्व कीर्तिमान बनाए नुवाकोटे केसीले, ९० घण्टा लगातार भाषण
संरक्षण गर्ने भन्दै स्थानान्तरण गरिएका ११ गैंडा मरे, गैंडा विज्ञ सबै स्तब्ध
मानव बेचविखनको जालो, चौथो श्रीमती बनाउने प्रलोभन !
English