Categories

'ए मेरो हजुर २' आज मेलबर्नमा झरना थापा र साम्राज्ञीसँगै नेपाल आइडलको टीम ‘ए मेरो हजुर २’ हेर्दै

यस वर्षको सफल चलचित्र ए मेरो हजुर २ को प्रदर्शन आज मेलबर्नको चाईना टाउ सिनेमा हलमा साँझ ६ बजेपछि हुने भएको छ । नेपालमा ए मेरो हजुरको नेपालमा सफल प्रदर्शनपछि अष्ट्रेलिया टूरमा आएकी चलचित्रकी निर्देशक झरना थापा र नायिका साम्राज्ञी शाहका साथ चलचित्र हेर्ने अवसर मेलबर्नवासीले पाउने आयोजक स्मार्ट एक्सेसका सन जोशीले जानकारी दिए । उनका अनुसार हिजो मेलबर्नमा आयोजना गरिएको नेपाल आईडल कन्सर्टका सहभागी टिम प्रथम नेपाल आईडल बुद्ध लामा, प्रताप दास, निशान भट्टराईका साथ चर्चित कार्यक्रम प्रस्तोता सुशील नेपाल पनि चलचित्र हेर्न चाईना टाउन आइपुग्नेछन् । “सफल चलचित्र ए मेरो हजुर २ को टिम र नेपालकै चर्चित सांगीतिक रियालिटी शो नेपाल आइडलको टिम एकसाथ चलचित्र हेर्ने विषय आफैंमा अविस्मरणीय हो । यसमा तपाईं पनि सहभागी भएर साथ दिन सक्नहुन्छ”, जोशीले एमएनटीभीसँग भने । 

(Visited 164 times, 1 visits today)
यो साझेदारी गर्नुहोस्:
http://rgit.edu.au/