Categories

गौतम जाँदै नेपालको प्रिमियर क्रिकेट लिगमा खेल्न अष्ट्रेलियाबाट सुनाम गौतम जाँदै

आगामी डिसेम्बर १८ देखि काठमाडौंमा हुन लागेको एभरेष्ट प्रिमियर लिगमा खेल्नका लागि क्रिकेटर सुनाम गौतम नेपाल जाने भएका छन् । उनी चितवन टाईगर्सको तर्फबाट यस प्रतियोगितामा सहभागी हुनेछन् । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सञ्चालन हुने प्रतियोगितामा सहभागी हुन लागेका गौतम आफ्नो ईच्छा नेपालको राष्ट्रिय टिमबाट प्रतिनिधित्व गर्ने रहेको बताउँछन् । अष्ट्रेलियाको मेलबर्नमा बस्दै आएका उनी यहाँका स्टार खेलाडी हुन् भने नेपाली क्रिकेट टिमकोक्याप्टेन समेत हुन् । उनको क्रिकेट कौशलका कारण यहाँको अन्य समूदायका खेलप्रेमीहरुले समेत प्रशंसा गर्ने गरेका छन् । हालै मेलबर्नमा आयोजना भएको रेनेगेड्स च्याम्पियन्स लिगमा क्याप्टेनका रुपमा सहभागिता जनाएका सुनामका बारे टिमका म्यानेजर एवं न्याभका उपाध्यक्ष तारा गैरे भन्छन्, “हाम्रो नेपाली समूदायको क्रिकेट खेलका लागि उनी दरिलो खम्बा हुन् । नेपालमा गएर पनि उनले राम्रो प्रदर्शन गर्न सकुन् हाम्रो शुभकामना छ ।” एमएनटीभीसँग कुरा गर्दै सुनामले भने, “देशभित्रै प्रिमियर लिग खेल्न यहीँबाट जान लागेको छु । यो यात्रालाई बीएमडब्लु एजुकेशनले प्रायोजन गरेको छ । म सबै समर्थक र बीएमडब्लुका साथीहरुलाई धन्यवाद दिन चाहन्छु ।” भारतविरुद्ध नेपाललाई एशियन युथ क्रिकेटमा महत्वपूर्ण जीत दिलाउन सफल दिपेन्द्र सिंह ऐरी पनि चितवन टाईगर्सबाटै खेल्नेछन् । यस्तै पृथु वास्कोटा, सुवास खकुरेल लगायतका स्टार खेलाडी रहनेछन् । चितवन टाईगर्सले पहिलो खेल आगामी डिसेम्बर ९१ का दिन पोखरा राईनोजसँग खेल्नेछ ।

(Visited 26 times, 1 visits today)
यो साझेदारी गर्नुहोस्:
http://rgit.edu.au/