Categories

जिताउन आग्रह एमाले मधेशविरोधी पार्टी भएको प्रधानमन्त्रीको आरोप, काँग्रेसलाई जिताउन आग्रह

प्रधानमन्त्री एंव नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मधेशी जनतालाई अधिकार सम्पन्न बनाउनका लागि काँग्रेसलाई जिताउन आग्रह गर्नुभएको छ । काँग्रेस सर्लाहीद्वारा आज सदरमुकाम मलंगवामा आयोजित आमसभामा उहाँले काँग्रेसको बहुमत आए संविधान संशोधन गरेर मधेशी जनतालाई थप अधिकार सम्पन्न बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । प्रधानमन्त्री देउवाले २००७ सालदेखिको मुलुकमा भएको हरेक परिवर्तन काँग्रेसकै नेतृत्वमा भएका बताउँदै लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था संस्थागत गर्न र मुलुकको समृद्धिका लागि काँग्रेसलाई जिताउन आग्रह गर्नुभयो ।
सम्पूर्ण मधेशी जनताको अधिकार सुनिश्चितताका लागि नेपाली काँग्रेसलाई जिताउनुको विकल्प छैन्, उहाँले भन्नुभयो–“नेपाल सबै जातजाती र भाषाभाषीको साझा मुलुक हो, त्यसैले सबै नेपालीको हकअधिकार, स्वाभिमान र सम्मानको रक्षा नेपाली काँग्रेसले मात्र गर्न सक्छ ।”
प्रधानमन्त्री देउवाले पहाडी–मधेशी वा अरु कुनै बहानामा मुलुक विखण्डन गर्न खोज्नेलाई हैन, सबै जातजाति र भाषाभाषीको नेपाल बनाउने काँग्रेसलाई रोज्न आग्रह गर्नुभयो । एमाले सधँै मधेश र मधेशी जनताको विरोधी पार्टी रहेकाले काँग्रेसका उम्मेदवारलाई विजय गराउन पनि उहाँले सबैलाई आग्रह गर्नुभयो ।

(Visited 10 times, 1 visits today)
यो साझेदारी गर्नुहोस्:
http://rgit.edu.au/