Categories

सल्लाहकार नियुक्त एनआरएन अष्ट्रेलियाले १९ वटा टास्कफोर्स बनायो, २१ सल्लाहकार पनि नियुक्त (सूचिसहित)

अघिल्लो साता कार्यसमितिलाई पूर्णता दिएको एनआरएन अष्ट्रेलियाले शनिबार बसेको बैठकबाट टास्कफोर्सहरुको निर्माण सम्पन्न गरेको छ । बैठकले हाल सञ्चालित विभिन्न योजनाहरुलाई निरन्तरता दिने र केही नयाँ योजना समेत सञ्चालन गर्ने निर्णय गरेको प्रवक्ता डिला खरेलले जानकारी दिएका छन् । खरेलका अनुसार अघिल्लो बैठकमा नियुक्त गरिएका उनीसहितका पदाधिकारीलाई स्वागत गर्दै बैठक सुरु गरिएको थियो । एनआरएन अष्ट्रेलियाले विभिन्न राज्यका २१ जनालाई सल्लाहकारमा नियुक्त गरेको छ । जस अनुसार न्यूसाउथवेल्सबाट डा. घनश्याम चापागाईं, हरि लामिछाने, भरत पोखरेल, पुना भण्डारी, टंक गुरुङ, सुमित्रा विष्ट, कुमार गिरी, कृष्ण श्रेष्ठ र गोमा मैनाली रहेका छन् । यस्तै क्वीन्सल्याण्डबाट स्वतन्त्रप्रताप शाह, बसन्त पौडेल र सुमन महत एनआरएन अष्ट्रेलियाको सल्लाहकारमा नियुक्त भएका छन् । यस्तै अष्ट्रेलियन क्यापिटल टेरेटरीबाट डा. सीताराम घिमिरे, भिक्टोरियाबाट सोमप्रसाद गुरुङ, दुर्गा आचार्य, रामकुमार श्रेष्ठ सल्लाहकारमा नियुक्त भएका छन् भने वेष्टर्न अष्ट्रेलियाबाट यादव शर्मा र भैरव ढकाल सल्लाहकार तोकिएका छन् । यस्तै नर्दन टेरेटरी डार्विनबाट निरज गुरुङ र शम्भु कँडेल, साउथ अष्ट्रेलियाबाट डा. कुश श्रेष्ठ सल्लाहकार तोकिएका छन् । यसैगरी बैठकले विभिन्न टास्कफोर्सहरुमा पनि संयोजक तोकेको छ । जसमा सोसियल वेलफेयर फन्डको संयोजकमा दिनेश पोखरेल, सोसियल वेलफेयर पोलिसी म्यानेजमेन्ट कमिटीको संयोजकमा सुनिल भण्डारी, स्टुडेन्ट सपोर्टमा कोमलराज पाठक, ईमर्जेन्सी रेस्पोन्स कमिटीमा केशव कँडेल, नेपाल महोत्सवमा टोनु घोताने, सामूहिक लगानीमा रमेश छतकुली, स्पोर्टस काउन्सिलमा सुरेश गुरुङ, स्कील, नलेज एण्ड ईनोभेसन ट्रान्सफरमा डा. विनोद श्रेष्ठ, विजनेस काउन्सिल लियाजो एण्ड ईंगेजमेन्टमा समिम अनवर, पाथीभरा श्रद्धाश्रम व्यवस्थापन कमिटीमा डा. ज्ञानेन्द्र रेग्मी, वाक फर वेलफेयरमा प्रतिज्ञा अधिकारी, कम्युनिटी अर्गनाईजेसन लियाजो एण्ड ईंगेजमेन्टमा सीके भुसाल, कल्चरल प्रोमोसनमा सुनीता लिम्बु, ट्राभल एण्ड टुरिजम प्रोमोसनमा रोहित खड्का, नेपाली पाठशालामा नारायण कोइराला, एक नेपाली एक घण्टामा डिला खरेल, सदस्यता पुनरावलोकनमा विवेक थापा, नेपाली भाषा र साहित्यमा राजेश बुढाथोकी र न्यूजलेटर टास्कफोर्समा नारायण कोइराला तोकिएका छन् । यससँगै टास्कफोर्सको उपसंयोजक र सचिवका साथै सदस्यहरुको पनि टुंगो लगाउने क्रममा रहेको जानकारी प्रवक्ता खरेलले दिए । एनआरएन अष्ट्रेलियाका अध्यक्ष टोनु घोतानेले एमएनटीभीसँग कुरा गर्दै भने, विधान अनुसार सकेसम्म सबै पक्षलाई समेटेर, सबै स्टेटहरुलाई जुटाएर अघि बढ्ने प्रयास भइरहेको छ ।

(Visited 488 times, 1 visits today)
यो साझेदारी गर्नुहोस्:
http://rgit.edu.au/