Categories

वनभोज नेपालबाट मेलबर्न आइपुगेका अभिभावकहरुलाई एनआरएनले दियो वनभोज

गैरआवासीय नेपाली संघ अष्ट्रेलिया भिक्टोरिया राज्य समितिको आयोजनामा मेलबर्नमा आईतबार अभिभावक पिकनिक सम्पन्न भएको छ । एनआरएन भिक्टोरियाका साथै नेप्लीज एशोसिएसन अफ भिक्टोरिया र महावाणिज्यदूतको कार्यालय भिक्टोरियाको सहकार्यमा आयोजना गरिएको वनभोजमा करिब सय जना अभिभावक र आफन्त सहभागी भएका थिए । मेलबर्नको यान यिन रिजर्भमा आयोजना गरिएको कार्यक्रममा मौसमका कारण केही अवरोध भएपनि सफलतापूर्वक सम्पन्न भएको थियो । वनभोजमा सहभागी भएका अभिभावकहरुले विभिन्न सांस्कृतिक प्रस्तुति दिएर मनोरञ्जन गरेका थिए । वनभोजकै बीचमा आयोजना गरिएको संक्षिप्त औपचारिक कार्यक्रममा बोल्दै भिक्टोरियाका लागि अवैतनिक महावाणिज्यदूत चन्द्र योञ्जनले एनआरएनले यस कार्यक्रमलाई निरन्तरता दिएर आफ्ना अभिभावकप्रतिको दायित्व पूरा गर्नुपर्ने बताउनुभयो । उहाँले अष्ट्रेलियामा आफन्त भेट्न आएपनि अभिभावकहरु एक्लो बन्ने गरेको बताउनुभयो । उक्त अवसरमा न्याभका अध्यक्ष डा. अनुपम पोखरेल, अष्ट्रेलियन नेप्लीज कम्युनिटी सेन्टरका अध्यक्ष डा. चन्द्रदिपक पोखरेल लगायतले पनि बोल्नुभएको थियो । उक्त अवसरमा एनआरएन अष्ट्रेलियाका अध्यक्ष टोनु घोताने, उपाध्यक्ष केशव कँडेल, वनभोज कार्यक्रमका संयोजक गौतम लामिछानेले उत्साहजनक सहभागिताले हौसला प्रदान गरेको बताएका थिए । कार्यक्रममा ईभेन्ट पार्टनर ग्रेस एजुकेशनका रामचन्द्र पौडेल र बायर्स च्वाईसका सुरेन्द्र सेढाईसहित अन्य प्रायोजक र सहयोगीहरुलाई प्रमाणपत्र पनि प्रदान गरिएको थियो ।

(Visited 225 times, 1 visits today)
यो साझेदारी गर्नुहोस्:
http://rgit.edu.au/