Categories

पदग्रहण हुने जिम्बाबेका नयाँ नेताद्वारा सत्ताको नेतृत्व लिने तयारी, शुक्रबार पदग्रहण हुने

जिम्बाबेको नयाँ राष्ट्रपतिका रुपमा जिम्मेवारी सम्हाल्न लाग्नु भएका इम्मेर्सन मनान्गाग्वाले बिहीबार पदबहालीको तयारी गर्नुभएको छ । गत ३७ बर्षदेखि शासन गर्दै आउनु भएका निवर्तमान राष्ट्रपति रोबर्ट मुगाबेले नाटकीय तरिकाले राजीनामा दिन बाध्य भएपछि उहाँले राष्ट्रपतिको जिम्मेवारी सम्हाल्ने हुनुभएको हो ।
मुगाबेलाई सेना र सुरक्षाकर्मीहरूले नियन्त्रणमा लिएर राजीनामा दिन बाध्य पारेका हुन् भने जिम्बावेमा नयाँ लोकतान्त्रिक युग सुरु हुन लागेको दावी गरिएको छ । राष्ट्रपति हुन लाग्नु भएका ७५ बर्षीय इम्मेर्सनले शुक्रबार एक समारोहकाबीच जिम्मेबारी सम्हाल्न थाल्नुहुने भएको छ । “हामीले आजदेखि देशलाई आश्चर्यजनक पुर्ण लोकतान्त्रिक मुलुक बनाउन सुरु गरेका छौं,” उहाँले हजारौं समर्थकहरूकाबीचमा भन्नु भएको थियो । उहाँ ठुलो संख्यामा सुरक्षाकर्मीहरूले घेरिएर राष्ट्रपतिकै शैलीमा सत्तारुढ दल जानु–पीएफको मुख्यालयमा आईपुग्नु भएको छ ।

(Visited 22 times, 1 visits today)
यो साझेदारी गर्नुहोस्:
http://rgit.edu.au/