Categories

घोताने निर्वाचित एनआरएन अष्ट्रेलियाको अध्यक्षमा टोनु घोताने निर्वाचित (भिडियोसहित)

गैरआवासीय नेपाली संघ अष्ट्रेलियाको शनिबार सम्पन्न निर्वाचनबाट मेलबर्न निवासी वर्तमान महासचिव टोनु घोताने अध्यक्षमा निर्वाचित भएका छन् । शनिबार दिनभर चलेको मतदानपछि साँझ निर्वाचन आयोगले सार्वजनिक गरेको परिणाम अनुसार टोनु घोतानेले २ हजार २ सय १८ मत ल्याएर विजय हासिल गरेका हुन् । प्रतिस्पर्धी स्वतन्त्रप्रताप शाहले २ हजार २ सय १३ मत प्राप्त गरेका थिए भने अन्य प्रतिस्पर्धीहरु अभिमान सिंह बस्नेतको ५ सय ५६ मत र डा. महेश भण्डारीको २ सय ४५ मत रहेको छ । यसैगरी महासचिव पदमा पनि मात्र ७० मतको अन्तरका साथ नारायण कोइराला निर्वाचित भएका छन् । नारायण कोइरालाले १ हजार ९ सय ९९ मत प्र्राप्त गरेका थिए भने उनका प्रतिस्पर्धी राजु मानन्धरले १ हजार ९ सय २९ मत पाएका थिए । यसअघि नै उम्मेद्वारी फिर्ता लिएको बताएका डा. ज्ञानेन्द्र रेग्मीले ९ सय ४२ मत प्राप्त गरेका छन् । यसैगरी सचिव पदमा देव गुरुंग २ हजार ३ सय ३६ मतका साथ विजयी भएका छन् । उनका प्रतिस्पर्धी विकास केसीले एक हजार ७ सय ९ मत ल्याएका थिए भने यसअघि उम्मेद्वारी फिर्ता लिएको घोषणा गरेका डिला खरेलले ७ सय ७७ मत ल्याएका छन् । डा. रेग्मी र खरेलले निर्वाचन आयोगले दिएको समयसीमा पछि फिर्ता लिएको बताएका थिए । यसैगरी कोषाध्यक्ष पदमा २ हजार ५ मतका साथ अच्युत शर्मा थपलिया निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी कुशल केसीले एक हजार ८ सय २८ मत ल्याए भने अन्तिम समयमा आएर उम्मेद्वारी फिर्ता लिएको बताउने अनिल पोखरेलले सात सय उनान्सत्तरी मत ल्याएका छन् । यसैगरी युवा संयोजक पदमा धर्मराज अधिकारी निर्वाचित भएका छन् । उनी दुई हजार ७ सय ४८ मतका साथ विजयी भएका हुन् भने प्रतिस्पर्धी कोमल पाठकले एक हजार ९ सय ३९ मत पाएका थिए । एनआरएन आईसीसी सदस्य ६ पदका लागि भएको निर्वाचनमा उम्मेद्वार रहेका एघार जनामध्येबाट जानकी पौडेल २ हजार ५ सय ९८, दिपक भट्टराई दुई हजार ४ सय ८, केदार रिजाल दुई हजार २ सय ९२, उषाकिरण बारिया पोखरेल २ हजार २ सय ९२, गोकुलप्रसाद घिमिरे २ हजार २ सय ५९ र राजकुमार थपलिया २ हजार १ सय ३१ मतका साथ विजयी भएका छन् । यसैगरी उपाध्यक्ष एवं राज्य संयोजक पदमा अष्ट्रेलियन क्यापिटल टेरेटोरीबाट ८१ मतका साथ राजनप्रसाद ढुंगेल विजयी बनेका छन् भने न्यूसाउथवेल्सबाट नन्द गुरुंग एक हजार तीन मतका साथ विजयी भएका छन् । यसैगरी नर्दन टेरेटोरी डार्विनबाट हरिराम रिजाल २ सय ५२ मतका साथ विजयी बने भने उपाध्यक्ष एवं राज्य संयोजक पदमा नै क्वीन्सल्याण्डबाट सन्तोष कुँवर निर्विरोध भए । यस्तै साउथ अष्ट्रेलियाबाट ३ सय १६ मतका साथ अशोक केसी विजयी भएका छन् भने भिक्टोरियाबाट ५ सय ४४ मतका साथ केशव कँडेल उपाध्यक्ष पदमा दोहोरिएका छन् । वेष्टर्न अष्ट्रेलियाबाट राज्य संयोजक एवं उपाध्यक्ष पदमा दिपक शर्मा ५ सय १७ मतका साथ विजयी बनेका छन् । तास्मानियामा भने संयोजकमा विश्वेश्वर खतिवडा निर्विरोध निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ । मतदानपछि शनिबार राति करिब १० बजे सिड्नीमा निर्वाचन परिणाम घोषणा गर्दै प्रमुख निर्वाचन आयुक्त डा. कृष्ण हमालले निर्वाचनलाई शान्तिपूर्ण तवरमा सम्पन्न गर्न सहयोग गर्ने सबैमा धन्यवाद ज्ञापन गरे । हमालले न्यूसाउथवेल्समा केही कम मत खसेको भएपनि समग्रमा करिब ६७ प्रतिशत मत खसेको जानकारी गराएका छन् । विजयी भएपछि प्रतिक्रिया दिँदै नवनिर्वाचित अध्यक्ष टोनु घोतानेले आफुले मतदाताहरुसमक्ष गरेको वाचा अनुसारका काम गर्दै जाने बताएका छन् । महासचिव नारायण कोइरालाले पनि सबै मतदातालाई धन्यवाद दिँदै अपेक्षा अनुसार काम गर्न प्रयत्न गर्ने बताए । यसैगरी युवा संयोजक धर्मराज अधिकारीले आफ्ना एजेन्डाहरुको जीत भएको भन्दै पराजित उम्मेद्वार कोमल पाठकसँग मिलेर काम गर्ने आफ्नो चाहना रहेको बताएका छन् । यसैगरी सचिव पदमा विजयी देव गुरुंगले एमएनटीभीसँग कुरा गर्दै सदस्यताको प्रावधानहरुमा सुधार गर्ने आफ्नो पहिलो एजेन्डा रहने बताए । न्यूसाउथवेल्सका संयोजक एवं उपाध्यक्ष नन्द गुरुंगले नवनिर्वाचित टिमसँगको सल्लाह र सहकार्यमा सिड्नीमा विविध कार्यक्रमहरु ल्याउने बताएका छन् । निर्वाचित सबै १ सय ३० पदको मतसंख्या र प्रतिस्पर्धीहरुको विवरण यहाँ यो लिंकमा हेर्न सकिनेछ ।

http://nrn.org.au/election-results/

मतपरिणाम घोषणाको लाईभ भिडियो यहाँ हेर्नुहोस्

NRNA Australia Election Xpress Result LIVE

एनआरएन अष्ट्रेलियाको निर्वाचन मत परिणाम लाईभ सिड्नीबाट

Posted by My Nepal TV (MNTV)- Australia on Saturday, 8 July 2017

(Visited 831 times, 1 visits today)
यो साझेदारी गर्नुहोस्:
  • Mohan Bikram Hamal

    I think Maha sachib pad ko vote count is wrong in this news. How can a winner have less votes than his counter part? Could you please rectify it.
    Thanks

http://rgit.edu.au/